Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियउत्तरी गाजामा भएको इजरायली हमलामा ९३ को मृत्यु

उत्तरी गाजामा भएको इजरायली हमलामा ९३ को मृत्यु


एजेन्सी । उत्तरी गाजाको बेइट लाहिया शहरमा इजरायली हवाई हमलामा कम्तीमा ९३ जना मारिएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको यो हालसम्मकै सबैभन्दा घातक आक्रमण हो ।

हवाई आक्रमणले उक्त क्षेत्रको पाँच तले आवासीय भवन ध्वस्त भएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले गत दुई हप्तादेखि उत्तरी गाजामा विशेष गरी जबलिया, बेइट लाहिया र बेइट हानौन क्षेत्रमा लगतार रुपमा आक्रमण गरिरहेको छ । घटनामा घाइते ५० भन्दा बढीको उपचार भइरहेको छ ।

यता आइडीएफले गाजाका केही अस्पतालहरु हमास लडाकुहरूले प्रयोग गरिरहेको भन्दै छापा मारेको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले यस घटनामा नागरिकको ज्यान गएकोमा अमेरिकाले गहिरो चिन्ता व्यक्त गरेको गरेका छन् ।

इजरायलको यो आक्रमण निकै डरलाग्दो भएको र आक्रमणमा दुई दर्जन बालबालिका मारिएको भन्दै दुख व्यक्त गरेका छन् । उत्तरी गाजामा हाल नागरिकहरुले गहिरो मानवीय संकटको सामना गरिरहेको बेला इजरायलले आक्रमण तीब्र पारेको हो ।

यसैबीच संयुक्त राष्ट्र मानवअधिकार प्रमुख भोल्कर टर्कले इजरायली सेनाले सम्पूर्ण जनतालाई बमबारी, घेराबन्दी र भोकमरीको जोखिममा पारेको आरोप लगाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT