Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजी-२० सम्मेलनमा युक्रेनलाई सहयोग जारी राख्ने राष्ट्रपति बाइडेनको प्रतिवद्धता

जी-२० सम्मेलनमा युक्रेनलाई सहयोग जारी राख्ने राष्ट्रपति बाइडेनको प्रतिवद्धता


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता दोहार्‍याएका छन् ।

ब्राजिलको रियो दि जेनेरियोमा जारी जी–२० सम्मेलनमा बाइडेनले सहयोगको प्रतिबद्धता दोहार्‍याएका हुन् । युक्रेनलाई रुसको भित्री भाग सम्म मार हान्न लोमो दुरीको क्षेप्यास्त्र प्रयोगको अनुमति दिए लगत्तै उनको प्रतिबद्धता आएको हो ।

जी–२० सम्मेलनको सत्रमा बोल्दै बाइडनले विश्वभरको सुरक्षा सुधारको प्रगतिलाई ध्वस्त पार्ने द्वन्द्व र संकटको अन्त्य गर्न मिलेर काम गर्नुपर्ने बताए । बाइडेनले इजरायल–गाजा युद्धबिरामका लागि हमास माथि दबाब सिर्जना गर्न विश्वका आर्थिक सम्पन्न राष्ट्राध्यक्षहरुलाई आग्रह समेत गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्टसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीन फिल्डले युक्रेनलाई अगामी दिन अमेरिकाले थप सहयोग गर्ने बताए । यसैबीच, जर्मनीले युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोगको अनुमति नदिने आफ्नो अडानमा कायम रहेको बताएको छ ।
जर्मनी चान्सलर ओलाफ स्कोल्जले आफूहरुले नीति परिवर्तन नगर्ने स्पष्ट पारेका हुन् । तर, जर्मनीले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई बाट निर्देशित चार हजार ड्रोन युक्रेनलाई दिने बताइएको छ । जी–२० सम्मेलनमा युरोपियन युनियन सहित २० आर्थिक सम्पन्नता भएको देशका राष्ट्राध्यक्षहरु भेला भएका छन् ।

सम्मेलन मुख्यतः वैश्विक अर्थव्यवस्था, जलवायु परिवर्तन, गरिबी निवारण र भोकमरी विरुद्ध लड्ने विषयमा केन्द्रित हुने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT