Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमहाराष्ट्रमा बिजेपी गठबन्धनलाई भारी बहुमत

महाराष्ट्रमा बिजेपी गठबन्धनलाई भारी बहुमत


काठमाडौँ । भारतको महाराष्ट्र विधान सभामा भारतीय जनता पार्टी (बिजेपी) सम्मिलित गठबन्धन महायुतिले बहुमतले विजयी भएको छ। २८८ सिटका लागि भएको विधान सभा निर्वाचनमा महायुति गठबन्धनले २१२ सिटमा विजयी हासिल गरेको छ। पछिल्लो मत परिणामअनुसार महायुतिले १८ स्थानमा अग्रता लिएको छ।

त्यस्तै विपक्षी गठबन्धन महाविकास अघाडी गठबन्धनले ४६ सिटमा जित हासिल गरेको छ भने ४ सिटमा अग्रता लिएको छ। बाँकी सिटमा दुई स्वतन्त्रसहित साना दल विजयी भएको भारतीय निर्वाचन आयोगले जनाएको छ।

महायुति गठबन्धनमा बिजेपी, एकनाथ सिन्धेको शिवसेना र अजित पवारको एनसीपी रहेका छन्। पछिल्लो मतपरिणामअनुसार विजेपीले १२३ स्थानमा जित हासिल गरेको छ भने ९ स्थानमा अग्रता लिएको छ। शिवसेनाले ५४ स्थानमा विजयी हासिल गर्दा ३ स्थानमा अग्रता लिएको छ भने एनसीपीले ३९ सिट जितेर २ स्थानमा अग्रता लिएको छ।

यता महाविकास अघाडी गठबन्धनमा आबद्ध उद्धव ठाकरेको शिव सेनाले २० सिट जितेको छ। इन्डियन नेशनल काँग्रेसले १२ सिट जित्दा ४ स्थानमा अग्रता लिएको छ भने शरद पवारको एनसीपीले १० स्थानमा विजयी भएको छ। समग्रमा भन्नुपर्दा महुयतिले २३० स्थानमा विजयी हुने देखिएको छ भने महाविकास अघाडी ५० स्थानमा जित्ने देखिन्छ।

सन् २०१९ को निर्वाचनमा बिजेपीले १०५ सिट जितेको थियो। त्यतिबेला शिवसेनाले ५६, एनसीपीले ५४ र काँग्रेसले ४४ सिट जितेको थियो। त्यसपछि सत्ता सहाकार्यको विषयलाई लिएर महाराष्ट्रमा पाँच वर्ष नै राजनीतिक खिचातानी भएको थियो। त्यसकै परिणाम पनि निर्वाचनमा देखिएको विश्लेषकहरूले एजेन्सीहरूलाई बताएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT