गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ फ्रान्सका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारितफ्रान्सका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित नेपालीपत्र बिहीबार, २०८१ मंसीर २० गते, ११:३० मा प्रकाशित अन्तर्राष्ट्रिय एजन्सी । फ्रान्सका प्रधानमन्त्री मिशेल बर्नियरको सरकार तीन महिनामै ढलेको छ । बुधबार संसदमा अविश्वासको प्रस्तावको पक्षमा भारी बहुमत आए सँगै उनको सरकार तीन महिनामै ढलेको हो ।५ सय ७७ सदस्यीय संसद्मा अविश्वासको मत पारित हुन २ सय ८८ मत चाहिनेमा ३ सय ३१ मत परेको थियो । प्रधानमन्त्री बार्नियरले संसदीय समर्थन विनै संविधान प्रदत्त विशेष अधिकार प्रयोग गर्दै ’सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयकलाई पारित गर्न खोजे पछि विपक्षी चरम दक्षिणपन्थी दल नेशनल र्यली र वामपन्थी दल न्यू पपुलर फ्रन्टले उनी विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका हुन् ।अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार फ्रान्समा ६२ वर्ष पछि पहिलो पटक देशको सरकार अविश्वासको प्रस्तावले ढलेको हो । यस सँगै बार्नियर देशको इतिहासमै सबै भन्दा कम शासन गर्ने प्रधानमन्त्री भएका छन् । बार्नियर अब राष्ट्रपति इम्यानुएल म्याक्रोँन समक्ष राजीनामा बुझाउने अपेक्षा छ ।राजीनामा बुझाए पनि राष्ट्रपति म्याक्रोंनले उत्तराधिकारी चयन नगर्दा सम्म उनी कामचलाउ प्रधानमन्त्रीका रूपमा कार्यरत हुनेछन् । यसैबीच राष्ट्रपति म्याक्रोँनले बिहीबार देशवासीका नाममा सम्बोधन गर्ने बताईएको छ । #प्रधानमन्त्री #फ्रान्सग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणाएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणाधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ६ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal