Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियफ्रान्सका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित

फ्रान्सका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित


एजन्सी । फ्रान्सका प्रधानमन्त्री मिशेल बर्नियरको सरकार तीन महिनामै ढलेको छ । बुधबार संसदमा अविश्वासको प्रस्तावको पक्षमा भारी बहुमत आए सँगै उनको सरकार तीन महिनामै ढलेको हो ।

५ सय ७७ सदस्यीय संसद्मा अविश्वासको मत पारित हुन २ सय ८८ मत चाहिनेमा ३ सय ३१ मत परेको थियो । प्रधानमन्त्री बार्नियरले संसदीय समर्थन विनै संविधान प्रदत्त विशेष अधिकार प्रयोग गर्दै ’सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयकलाई पारित गर्न खोजे पछि विपक्षी चरम दक्षिणपन्थी दल नेशनल र्‍यली र वामपन्थी दल न्यू पपुलर फ्रन्टले उनी विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका हुन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार फ्रान्समा ६२ वर्ष पछि पहिलो पटक देशको सरकार अविश्वासको प्रस्तावले ढलेको हो । यस सँगै बार्नियर देशको इतिहासमै सबै भन्दा कम शासन गर्ने प्रधानमन्त्री भएका छन् । बार्नियर अब राष्ट्रपति इम्यानुएल म्याक्रोँन समक्ष राजीनामा बुझाउने अपेक्षा छ ।

राजीनामा बुझाए पनि राष्ट्रपति म्याक्रोंनले उत्तराधिकारी चयन नगर्दा सम्म उनी कामचलाउ प्रधानमन्त्रीका रूपमा कार्यरत हुनेछन् । यसैबीच राष्ट्रपति म्याक्रोँनले बिहीबार देशवासीका नाममा सम्बोधन गर्ने बताईएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

Techie IT