Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियक्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प

क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प


एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको भूकम्प गएको छ ।

क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दश हजार मानिस बिजुली विहीन भएका छन् । कुनै पनि ठूलो मानवीय र भौतिक क्षति भने नभएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार केही घरहरुमा सामान्य क्षति पुगेको छ । शक्तिशाली भूकम्प लगत्तै सुनामीको चेतावनी दिईएकोले सान फ्रान्सिस्कोको तटीय क्षेत्र खाली गराइएको थियो । तर, अहिले सुनामीको चेतावनी हटाइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत एवम् सहायता सामग्री पठाइएको छ । अमेरिकी भूगर्भविद्हरुले यस क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प सामान्यतः नदेखिएको बताएका छन् । उनीहरुका अनुसार हरेक वर्ष विश्वभर ७ म्याग्निच्युडका १० देखि १५ वटा भूकम्प आउने गरेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणको तथ्याङ्क अनुसार यस वर्ष विश्वभर ७ म्याग्निच्युडका आठ वटा भूकम्प गइसकेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT