सिरियाको हामा शहर पनि विद्रोहीको कब्जामा
एजेन्सी । सिरियाली दोस्रो ठूलो शहर हामा पनि बिद्रोहीले नियन्त्रणमा लिएका छन् ।
अघिल्लो साता मात्रै एलेप्पो शहर कब्जामा लिएको विद्रोही समुहले बिहीबार हामा शहर माथि पूर्ण नियन्त्रण जमाएको दाबी गरेको हो । इस्लामीक लडाकु समूह ‘हयात तहरीर अल–शाम’ एच.टी.एस. का नेता अबु मोहम्मद अल जवलानीले हामा शहरमा विजय घोषणा गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यस अघि एच.टी.एस. तथा अन्य सहयोगी लडाकुहरुले हामा केन्द्रीय कारागार कब्जा गर्दै कैदीहरूलाई रिहा गरेका थिए । राष्ट्रपति बशर अल असदको सेनालाई राजधानी दमास्कस केन्द्रित गर्दै विद्रोही समुहले एकपछि अर्को शहर कब्जा गरिरहेका छन् ।
१० लाख मानिस बसोबास गर्ने हामा शहर एलेप्पो बाट १ सय १० किलोमिटर दक्षिणमा पर्दछ । हामा पछि अब विद्रोही समुह दमास्कसको बाटोमा पर्ने अर्को शहर होम्स तर्फ अघि बढेको समाचारमा उल्लेख छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्
एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५
एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले
एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।
एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल
एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित