Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसिरियाका राष्ट्रपति असदले देश छाडे

सिरियाका राष्ट्रपति असदले देश छाडे


एजेन्सी । सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् ।

विद्रोहीहरुले प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले राजधानी छाडेका हुन् । विद्रोही समूहले सिरियाको राजधानी दमास्कस नियन्त्रणमा लिएका छन् । विद्रोही समूहले देशको उत्तर, पूर्व र दक्षिण तीन दिशा बाट राजधानी दमास्कस कब्जामा लिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी कब्जामा लिएर उनीहरुले सिरिया अब राष्ट्रपति असदबाट मुक्त भएको घोषणा गरेका हुन् । विद्रोहीहरुले राजधानी कब्जा गरेपछि असद विमान मार्फत अज्ञात स्थान तर्फ प्रस्थान गरेको बताइएको छ ।

सन् २००० देखि असाद सिरियाका राष्ट्रपतिको भूमिकामा थिए । विद्रोही समूहले नियन्त्रणमा लिए पछि दमास्कममा मानिसहरु भेला भएर खुसी मनाइरहेको दृश्य अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले प्रशारण गरेका छन । इस्लामिक मिलिटेन्ट समूह तहिर अल सम एचटीएसले टेलिग्राम मार्फत सिरिया अन्धकार युग बाट मुक्त भएको र नयाँ अध्यायको शुुरु भएको जनाएको छ ।

नयाँ सिरियामा सबैजना शान्तिपूर्वक बस्ने र न्याय सुनिश्चित हुने उनीहरुको भनाइ छ । सन् २०११ देखिय सिरिया गृह युद्धको चपेटामा छ । एक दशक भन्दा बढी समय चलेको सिरियाली द्वन्द्वका कारण लाखौं मानिस पलायन हुन बाध्य भएका थिए ।

विद्रोहीले राजधानी कब्जा गरेको घटनालाई अमेरिका, इजरायल, टर्कीको जित र रुस तथा इरानको हारको रूपमा चित्रित गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT