Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियदक्षिण कोरियाका राष्ट्रपति विरुद्ध संसद्‍मा दोस्रो पटक महाभियोग प्रस्ताव दर्ता

दक्षिण कोरियाका राष्ट्रपति विरुद्ध संसद्‍मा दोस्रो पटक महाभियोग प्रस्ताव दर्ता


एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल विरुद्ध विपक्षी ६ दलले पुनः संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।

डिसेम्बर ३ मा सैन्य कानुन अर्थात् ‘मार्सल ल’ घोषणा गरेको विषयमा विपक्षी दलरुले राष्ट्रपति विरुद्ध पुनः महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । यसअघि विपक्षी दलहरुले दर्ता गरेको अविश्वासको प्रस्ताव भने असफल भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार महाभियोग प्रस्तावमा सम्भवतः आगामी शनिबार मतदान हुने छ । महाभियोग पारित हुन संसद्का तीन सय सदस्यको दुई तिहाइ अर्थात् २ सय सांसदको समर्थन चाहिन्छ । विपक्षी सँग १९२ सांसद छन् । प्रस्ताव पारित गर्न सत्ता पक्षका आठ सांसदको मत चाहिन्छ । सत्ता पक्ष सँग तत्काल १०८ सांसद छन् ।

विपक्षी दलले संसदमा राष्ट्रपति विरुद्ध दोस्रो पटक महाभियोगको प्रस्ताव दर्ता गराएका हुन् । गत साता ल्याइएको महाभियोगको प्रस्तावमा सत्तापक्षले संसद् वहिस्कार गरेपछि राष्ट्रपति महाभियोग बाट जोगिएका थिए ।

राष्ट्रपति युन माथि राजीनामाको दबाब छ । तर, उनले राजीनामा दिन अस्वीकार मात्र गरेका छैनन् सैन्य कानून लगू गर्ने अघिल्लो साताको आफ्नो अप्रत्याशित निर्णयको बचाउ गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT