Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा


एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ ।

इजरायल र हमास गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत हुने नयाँ सङ्केतहरू देखिएका हुन् । अप्रत्यक्ष वार्तामा संलग्न एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले वार्ता अन्तिम र निर्णायक चरणमा रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायलका रक्षा मन्त्री इजरायल काट्जले पनि सम्झौता पहिले भन्दा धेरै नजिक भएको बताएका छन् । पछिल्लो केही दिन देखि अमेरिका, कतार र इजिप्टले मध्यस्थताको प्रयास तीव्र पारेका छन् ।

इजरायली प्रतिनिधिमण्डल कतारको राजधानी दोहामा रहेको छ । प्यालेस्टिनी अधिकारीले युद्धविरामका लागि तीन चरणको योजनामा गाजामा बन्धक बनाएका सर्वसाधारण र महिला सैनिकलाई पहिलो ४५ दिनमा रिहा गरिने बताएका छन् । त्यसपछि इजरायली सुरक्षा बलहरू इजिप्टको सिमानामा शहर केन्द्रहरू, तटीय सडकहरू र रणनीतिक ठाउँहरू बाट फिर्ता हुनेछन् ।

यसैगरी अर्को एउटा संयन्त्र मार्फत गाजाका विस्थापित मानिसहरूलाई फर्काउन पहल हुनेछ । अधिकारीहरुका अनुसार दोस्रो चरणमा, बाँकी बन्धकहरूलाई रिहा गरिनेछ र सैनिकहरूलाई हटाइनेछ । र तेस्रो चरणमा युद्ध रोकिनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

Techie IT