Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियलेबनानद्वारा १२ औं पटकमा पनि नयाँ राष्ट्रपति चयन गर्न असफल

लेबनानद्वारा १२ औं पटकमा पनि नयाँ राष्ट्रपति चयन गर्न असफल


एजेन्सी । लेबनानको संसदको १२ औँ अधिवेशनमा बुधबार नयाँ राष्ट्रपति चयन गर्न असफल भएपछि देश थप राजनीतिक अनिश्चिततामा फसेको छ ।

राष्ट्रपति पदको दौडमा दुई शिया पार्टी हिजबुल्लाह र अमाल मुभमेन्टको समर्थन प्राप्त मरादा आन्दोलनका नेता स्लिमन फ्रान्गिहले आफ्ना मुख्य प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री जिहाद अजौरलाई पछि पारेका छन् ।

उनलाई देशका दुई ठूला क्रिश्चियन पार्टीहरु फ्री प्याट्रियटिक मुभमेन्ट र लेबनानी सेनाको समर्थन प्राप्त थियो ।

निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी जिहाद अजौरको ५९ मत आएको छ भने उहाँका प्रमुख प्रतिद्वन्द्वी फ्रान्गिहको ५१ मत आएको छ ।

पहिलो मतदानमा दुवैले दुई तिहाइ बहुमत वा कुल ८६ मत प्राप्त गरेका थिएनन् भने त्यसपछि लामो समयसम्म गणपूरक सङ्ख्या नपुगेका कारण दोस्रो चरणको मतदान हुन सकेको थिएन ।

सन् २०२२ को अक्टोबरमा लेबनानका पूर्वराष्ट्रपति मिचेल ओउनको कार्यकाल सकिएपछि लेबनानले राष्ट्रपति चयन गर्न सकेको थिएन ।

लेबनान अभूतपूर्व आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । देशलाई राष्ट्रपतिको चयन गर्न, आवश्यक सुधारहरू कार्यान्वयन गर्न र देशलाई पुनरुत्थानको मार्गमा राख्नको लागी एक नयाँ क्याबिनेट गठन गर्नुपर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT