Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियकुवेतको प्रधानमन्त्रीमा शेख–अहमदलाई पुनः नियुक्त गर्न संसदलाई निर्देशन

कुवेतको प्रधानमन्त्रीमा शेख–अहमदलाई पुनः नियुक्त गर्न संसदलाई निर्देशन


एजेन्सी । कुवेतको प्रधानमन्त्रीमा शेख अहमद नवाफ अल अहमद अल–सबाहलाई पुनः नियुक्त गर्न मङ्गलबार शाही आदेश जारी गरिएको कुवेत समाचार एजेन्सी (कुना) ले जनाएको छ ।

कुवेतका युवराज शेख मिशाल अल अहमद अल–अहमद अल–जबर अल–सबाहद्वारा हस्ताक्षरित इमिरी फरमान (निर्देशन)मा भनिएको छ, “नयाँ क्याबिनेट सदस्य मनोनित गर्ने र उनीहरूको नाम बुझाउने जिम्मेवारी शेख अहमदलाई तोकिएको छ ।”

कुवेती अमिरले अघिल्लो सरकारको राजीनामा स्वीकृत गरेको करिब एक हप्तापछि जारी गरिएको यो आदेश जुन २० मा नवनिर्वाचित राष्ट्रिय सभा (संसद) को बैठक बस्नुभन्दा एक हप्ता अघि आएको हो ।

जुन ६ मा कुवेतका मतदाताले १७ औं राष्ट्रिय सभाको निर्वाचनका लागि मतदान गरेका थिए । चार वर्षका लागि नयाँ विधायिकामा २०७ जना उम्मेदवारमध्ये ५० जना निर्वाचित भएका थिए ।

गत मार्चमा संवैधानिक अदालतको फैसलापछि पुनःस्थापित भएको कुवेतको संसद् यसै वर्षको मे महिनामा शाही आदेशद्वारा विघटन गरिएको थियो । बितेका वर्षहरूमा, कुवेतको मन्त्रीपरिषद् र संसदबीचको तनावको कारण बारम्बार मन्त्रिमण्डल पुनर्गठन र संसद विघटन भएको छ ।

शेख अहमदको जन्म १९५६ मा कुवेती अमिर शेख नवाफ अल–अहमद अल–जबर अल–सबाहको जेठो छोराको रूपमा भएको थियो । उनले नोभेम्बर २०२० देखि मार्च २०२२ सम्म कुवेत नेशनल गार्डको सह कमाण्डरको रूपमा काम गरेका थिए भने जुलाई २४, २०२२ मा पहिलो पटक प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT