Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेनलाई २.५ अर्ब डलर सुरक्षा सहयोग गर्ने अमेरिकाको घोषणा

युक्रेनलाई २.५ अर्ब डलर सुरक्षा सहयोग गर्ने अमेरिकाको घोषणा


एजेन्सी । अमेरिकाले युक्रेनलाई २ अर्ब ५० करोड डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ ।

राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि किएभलाई सहायता प्रदान गर्न वासिङ्टनले हतार गरिरहेको छ । सोमबारको सहायतामा १ अर्ब २५ करोड डलरको सैन्य ‘ड्रडाउन प्याकेज’ समावेश छ । यसले पेन्टागनलाई अमेरिकी भण्डार बाट हतियार लिएर तिनलाई छिटो युद्धभूमिमा पठाउन अनुमति दिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अर्को १ अर्ब २२ करोड डलर युक्रेन सुरक्षा सहायता पहल मार्फत वित्त पोषण गरिनेछ । यस अन्तर्गत रक्षा उद्योग वा साझेदारहरू बाट सैन्य उपकरणहरू खरिद गरिन्छ ।

युक्रेनी जनताले रूसी आक्रमण बाट आफ्नो स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्न जारी राख्दै गर्दा युक्रेनलाई करिब दुई अर्ब ५० करोड डलर सुरक्षा सहयोगको घोषणा गर्न पाउँदा गर्व लागेको अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्ति मार्फत जनाएका छन् ।

बिदाइ हुन लागेको बाइडेन प्रशासनले ट्रम्प जनवरीमा सत्तामा आउन अघि युक्रेनलाई सके सम्म धेरै सहायता प्राप्त गर्न काम गरिरहेको समाचारमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT