Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियचीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते

चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते


एजेन्सी । चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको सात म्याग्निच्यूडको भुकम्पमा परेर मृत्यु हुने मानिसको संख्या १२६ पुगेको छ ।

भुकम्पमा परेर अन्य १८८ जना घाइते भएका छन् । करिव ३ हजार घरमा क्षति पुगेको छ । भूकम्प गएपछि तिब्बतको शिगात्से शहरमा सयौँ भवनहरू भत्किएका छन् । सो क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सय भन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको बी.बी.सी. ले जनाएको छ । चिनियाँ सेनाले उद्धार प्रयास शुुरु गरेको र मानव रहित ड्रोनलाई सगरमाथा नजिकै अवस्थित दुर्गम क्षेत्रमा परिचालित गरेको जनाएको छ ।

चिनिया सञ्चार मध्यमले उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेको र प्रभावित मानिसहरूलाई कठ्याङ्ग्रिने जाडो बाट जोगिन कम्बल वितरण गरेको दृश्य प्रशारण गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले क्षति कम गर्नका लागि पूर्ण स्तरको खोज र उद्धार प्रयास अनि प्रभावितहरूको पुनर्वासका लागि आह्वान गरेका छन् ।

चिनिया समय अनुसार मंगलबार बिहान ९ बजेर पाँच मिनेटमा सगाजे शहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिप केन्द्र भएर भुकम्प गएको हो । नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्र नजिकै केन्द्रबिन्दु बनाएर गएको भूकम्पछि कैयौँ परकम्पहरू मापन भएका छन ।

भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायरा भित्र २७ गाउँ र करिब ६ हजार ९ सय मानिसको बसोबास रहेको समाचारमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT