Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु

अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु


एजेन्सी । अमेरिकाको लस एन्जलस क्षेत्रमा लागेको डढेलोका कारण ५ जनाको मृत्यु हुनुका साथै हजारौं संरचना ध्वस्त हुँदा लाखौं विस्थापित भएका छन् ।

मंगलबार पालिसेड बाट शुरु भएको आगोले त्यसै क्षेत्रमा सबै भन्दा बढी क्षति गरेको हो। लाखौं मानिस घर छाड्न बाध्य भएका छन्। लस एन्जलसमा फैलिएको आगो नियन्त्रण बाहिर गएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जङ्गल बाट फैलिएको आगो बस्तीमा आए पछि ठूलो रूप लिएको हो । सरकारले १ लाख ५० हजार जना मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण को आदेश दिएको छ । आगलागीका कारण करिब १५०० संरचनामा क्षति पुगेको छ । आगोले बस्तीका कैयौं घर, महँगा सम्पत्ति, कार लगायतका संरचना खरानी बनाएको छ ।

जङ्गल बाट ५० किलोमिटर भित्रको बस्ती सम्म आगो पुगेको छ । एक हजार एकड क्षेत्रफल आगोले ध्वस्त भएको समाचारमा उल्लेख छ । आगलागीका कारण दुई लाख २० हजार मानिसको घरमा बिजुली कटौती भएको छ । दमकल र हवाईजहाज तथा हेलिकप्टरको साथमा सयौं अग्नि नियन्त्रक आगो निभाउन खटिएका छन् ।

सुक्खा वातावरण र तीव्र गतिमा हावा चलेका कारण आगो निभाउने काम कठिन बन्दै गएको अग्नि नियन्त्रकले बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT