Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियचीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला


एजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका बाबजुद पाँच नयाँ सङ्क्रमित फेला परेका चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले एमपक्स स्ट्रेन क्लेड १ बी को समूहगत प्रकोप फेला परेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

कङ्गोबाट आएका मानिसको सम्पर्कमा रहेका व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो । यसबाहेक अहिलेसम्म अरु सम्पर्कहरूमा कुनै केस फेला नपरेको त्यहाँको स्वास्थ्य निकायले जनाएको छ ।

एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरसबाट हुन्छ । तर यो नजिकै रहेका व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । यसले ज्वरो आउने, मांसपेशी दुख्ने, छालामा ठूला फोका जस्ता घाउ आउने र यो घातक हुनसक्ने डाक्टरहरु बताउँछन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले गएको अगस्टमा यस भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो र कङ्गोमा भएको प्रकोपपछि नोभेम्बरमा यसलाई नवीकरण गरेको थियो ।

कङ्गोमा यसले एक हजारभन्दा धेरै मानिसको ज्यान लिएको छ । डब्लूएचओको अगस्टको घोषणापछि चीनले छ महिनाभित्र देशमा प्रवेश गर्ने मानिसहरूलाई एमपक्सका लागि जाँच गर्ने घोषणा गरेको थियो ।

डब्लूएचओका अनुसार सन् २०२२ देखि १ सय २० भन्दा धेरै देशमा एमपक्सका केसहरू रिपोर्ट गरिएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT