Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियहमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको अवरोध

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको अवरोध


एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको उत्तरमा रहेको आफ्नो घर फर्कन बाट रोकेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हमासले चार जना इजरायली महिला सैनिकलाई रिहा गरेपछि र इजरायलले २०० प्यालेस्टिनी कैदीलाई रिहा गरेपछि विवाद उत्पन्न भएको हो ।

तर, इजरायली सरकारले इजरायली नागरिक आर्बेल येहुदको रिहाईको योजना नबने सम्म गाजावासीलाई उत्तर तर्फ यात्रा गर्न नदिइने बताएको छ । हमासले उनी जीवित रहेको र अर्को हप्ता रिहा हुने बताएको छ । सम्झौता अनुसार हमासले सैनिकको अगाडि सर्वसाधारणलाई रिहा गर्नुपर्ने थियो ।

शनिबार साँझ मध्य गाजाको अल–रसिद सडकमा घर फर्कनका लागि भीड जम्मा भइरहेका बेला गोली चलेको बताइएको छ । समाचार एजेन्सी रोयटर्सले हमास द्वारा सञ्चालित स्वास्थ्य मन्त्रालय र प्यालेस्टाइनी सञ्चार माध्यमलाई उद्धृत गर्दै एक व्यक्तिको मृत्यु भएको र केही घाइते भएको जनाएको छ ।इजरायली डिफेन्स फोर्सेज (आईडीएफ) ले मध्य गाजामा दर्जनौं शंकास्पद व्यक्तिहरूको पहिचान भएपछि सेनाले गोली चलाएको बताएको छ।

इजरायलीहरूले मध्यस्थहरू सँग मिस येहुदको लागि हमास बाट जीवनको प्रमाण मागेका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएका चार जना महिला इजरायली सैनिकलाई युद्धविराम सम्झौता अन्तर्गत शनिबार रिहा गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT