अफगानिस्तानमा निस्सासिएर दुई जना खानी मजदुरको मृत्यु, ३५ जना बेहोस
एजेन्सी । अफगानिस्तानको साङ्गन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना बेहोस भएका छन् । साङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइलाखानीमा बुधबार उक्त घटना भएको अफगानिस्तानी समाचार समिति खामा प्रेसले तालिवानका प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै आज जनाएको हो ।
उक्त कोइलाखानी गैरव्यावसायिक भएको दरा–ए–सुफ बालाका गभर्नर मोहम्मद नसिम खैबरसेकानले बताएका छन् । सुरक्षा उपाय नअपनाउँदा उक्त घटना भएको उनले बताएका छन् । बिरामी भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि गत शनिबार पनि अफगानिस्तानको बाघलान प्रान्तको कोइला खानीमा निस्सासिएर एकजना मजदुरको मृत्यु भएको थियो भने अर्का एकजना बेहोस भएका थिए । ताला–ओ–बरफाक जिल्लामा रहेको कोइला खानीमा काम गर्ने क्रममा विषाक्त ग्यास चुहिँदा उक्त घटना भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्
एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५
एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले
एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।
एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल
एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित