Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा


एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ स्थगित गर्न लागेको हो ।

हमासको सशस्त्र शाखाका एक प्रवक्ता अबु ओबेदाले इजरायलले आफ्नो दायित्व पूरा नगरे सम्म रिहाइ अगाडि नबढ्ने बताए । हमासले विस्थापित प्यालेष्टिनीलाई फर्काउन ढिलाइ गरेको, मानिसहरू माथि गोली चलाएको र गाजामा मानवीय सहायता प्रवेश गर्न नदिएको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

इजरायलका रक्षा मन्त्री इजरायल काट्जले हमासको यो घोषणालाई ‘युद्धविराम सम्झौताको पूर्ण उल्लंघन’ भनेका छन् । रक्षा मन्त्रीले इजरायल रक्षा बललाई गाजामा हुने कुनै पनि सम्भावित परिस्थितिको लागि उच्चतम स्तरको सतर्कतामा तयार रहन र समुदायहरूको सुरक्षा गर्न आदेश दिएका छन् ।

इजरायलमा थुनामा रहेका थप प्यालेस्टिनी कैदीहरूको बदलामा गाजामा बन्दी बनाइएका तीन जनालाई शनिबार रिहा गर्ने तय भएको थियो । जनवरी १९ मा युद्धविराम शुरु भएदेखि ५ सय ६६ कैदीको बदलामा १६ इजरायली र पाँच थाई बन्धक रिहा भएका छन् ।

तीन साताकोे अवधिमा युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा, ३३ बन्धक र १ हजार ९०० कैदी रिहा हुने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

Techie IT