चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् ।
चीनले ८४ प्रतिशत करको निर्णय गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग थप कठोर बन्ने प्रतिक्रिया दिएका हुन् । संसारका सबै व्यापारिक साझेदारसँग वार्ताको क्रम जारी रहे पनि चीनले अमेरिका प्रति अनादर गर्दै ८४ प्रतिशत प्रतिकात्मक करको निर्णय गरेकाले आफूले १ सय २५ प्रतिशत करको निर्णय गरेको ट्रम्पको भनाइ छ ।
अन्तर्राष्ट्रिय सञ्चार माधयमका अनुसार अमेरिकाको विरुद्धमा प्रतिकात्मक कर लगाउननेविरुद्ध करको दायरा दुई गुणा बढाउँदै लैजाने तथा प्रतिकार नगर्नेसँग वार्ता गर्ने नीति रहेको ट्रम्पले प्रस्ट पारेका छन् । अमेरिकाले ६० देशमा लगाइएको करको स्थगनसँगै चीनमा लगाइएको करको दायरमा अझ वृद्धि गरेको हो ।
चीनको निर्णयले ट्रम्पले कम्पनीहरूलाई अमेरिकामा फर्किन प्रोत्साहन दिइरहेको उनको भनाइ छ । ट्रम्पले आफ्नो देशमा प्रतिकात्मक करको निर्णय नगर्ने सबै देशमा ९० दिनका लागि आफ्नो निर्णय स्थगन गर्ने घोषणा गरेका छन् । ट्रम्पले ९० दिनको स्थगनको निर्णयसँगै आफ्नो नीति प्रस्ट पारेका हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद
एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा
काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ