चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव
एजेन्सी । अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १ सय ४५ प्रतिशत करको बारेमा वार्ता गर्न अमेरिकाले चीनसँग सम्पर्क गरेको थियो । यसले व्यापार वार्ताका लागि चीनको खुलापनलाई सङ्केत गरेको छ । अमेरिकाले करको बारेमा छलफल गर्ने आशामा धेरै च्यानलहरू मार्फत चीनसँग सक्रिय रूपमा सम्पर्क गरेको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार चीनले अमेरिकी करहरू प्रति आफ्नो आक्रोश नियन्त्रण गर्न प्रयास गर्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्रको उदयलाई रोक्न नसक्ने बताएको छ । यद्दपि अमेरिकी करको प्रतिकार गर्न चीनले आफ्नो प्रचार संयन्त्रको उपयोग गर्नुका साथै १ सय २५ प्रतिशत करबाट छुट पाउने अमेरिकी उत्पादनहरूको सूची तयार पारेको खबर पनि बाहिर आएको छ ।
यो सूचीमा औषधि, माइक्रो चिप र जेट इन्जिनहरू समावेश छन् । चीनले अमेरिकासँगको व्यापार युद्धको प्रभाव कम गर्न यस्तो कदम चाल्न लागेको समाचारमा उललेख छ । यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाको नाम नलिइकन अन्तर्राष्ट्रिय वातावरणमा परिवर्तनहरू अनुकूलन गर्न कदम चाल्न अधिकारीहरूलाई आह्वान गरेको केही घण्टापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले चीनसँग सम्झौता गर्न सक्ने धेरै राम्रो मौका रहेको विश्वास व्यक्त गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्
एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५
एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले
एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।
एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल
एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित