Techie IT
२०८० फागुन १७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभारत–अमेरिका साझेदारी नयाँ चरणमा पुग्ने विश्वास

भारत–अमेरिका साझेदारी नयाँ चरणमा पुग्ने विश्वास


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिकाको राजकीय भ्रमणबाट भारत–अमेरिका सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने एक कूटनीतिज्ञले बताएका छन् ।

संयुक्त राज्य अमेरिकाका लागि भारतका राजदूत तरनजीतसिंह सन्धुले प्रधानमन्त्रीको भ्रमणबाट दुई देशबीचको सम्बन्धमा अर्को अध्याय थपिने बताउँदै त्यसले नयाँदिल्ली र वासिङ्टनको साझेदारीलाई सुदृढ बनाउने बताए । प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिबीचको घनिष्ठ मैत्रीलाई पनि भ्रमणले प्रतिविम्बित गरेको उनले बताए ।

एएनआई प्रतिनिधिसँगको कुराकानीमा राजदूत सन्धुले दुवै देशका मन्त्रिपरिषद्का सदस्यहरू र वरिष्ठ अधिकारीहरूले राजकीय भ्रमणबाट प्राप्त हुने उपलव्धिको प्रतीक्षा गरिरहेका बताउँदै उनले नयाँदिल्ली र वासिङ्टनको सम्बन्ध सही दिशामा अघि बढिरहेको सुनिश्चित हुने जनाए । भूमण्डलीकरणको सन्दर्भमा भारत–अमेरिका साझेदारीका विविध पक्षबारे चर्चा गर्दै भारतीय राजदूतले व्यापार, रक्षा, रणनीतिक सहयोग, प्रविधि, उच्च शिक्षा र स्वच्छ ऊर्जा क्षेत्रमा दुवै देश सहकार्य गर्न उत्सुक रहेका बताए ।

पारस्परिक विश्वास र साझेदारीलाई थप सुदृढ बनाउन तथा जनस्तरको सम्बन्धलाई पनि अझ घनीभूत तुल्याउन प्रधानमन्त्री मोदीको भ्रमण फलदायी हुनेमा आफू विश्वस्त रहेको राजदूत सन्धुले बताएका छन् ।

रुसले युक्रेनमाथि गरेको आक्रमणलाई वेवास्ता गरेको भारतले मस्कोसँगको साथ र सहयोगलाई बढाएको छ । वासिङ्टन र मस्कोबीचको सम्बन्ध अधिक चिसिएको अहिलेको अवस्थामा पनि रुसकौ मौन समर्थक भारतसँगको आफ्नो व्यवहारमा अमेरिकाले कुनै परिवर्तन गरेको छैन ।

चीनसँगको बिग्रिएको सम्बन्धलाई सन्तुलनमा राख्न वासिङ्टनले नयाँदिल्लीसँगको सम्बन्धलाई उच्च प्राथकिता दिएको विश्लेषक बताउँछन् । मध्य तथा दक्षिण एसियाली क्षेत्रमा चीनको प्रभाव कम गर्न अमेरिका भारतसँग निकट सम्पर्कमा काम गर्न सधैँ तत्पर रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हमाससँगको युद्ध जित्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको दाबी

एजेन्सी । इजरायलले अमेरिकाको समर्थनका कारण हमासमाथिको युद्ध जित्ने दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा जारी युद्धमा

अत्यधिक चिसोले मङ्गोलियामा २१ लाख पशु मरे

काठमाडौँ । ‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको राज्य आपत्कालीन आयोग (एसइसी)ले

गोप्य रुपमा अन्त्येष्टि गर्ने भएपछि रुसी नेता नाभाल्नीको शव बुझियो

काठमाडौँ । जेलभित्रै ज्यान गुमाएका रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमाले बुझेकी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका

रुस–युक्रेन युद्धमा एक नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि

गण्डकी । रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको

पूर्वी इन्डोनेसियामा हेलिकप्टर सम्पर्कविहीन

काठमाडौँ । इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी मालुकुमा मङ्गलबार तीन यात्रु बोकेको एउटा हेलिकप्टर सम्पर्कविहीन भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका

भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार

काठमाडौँ । भारतमा आन्दोलनरत किसान सङ्गठनले केन्द्र सरकारको प्रस्तावलाई अस्वीकार गरेका छन् । हरियाणा–पञ्जाबको शम्भु सीमामा पत्रकार सम्मेलन गरेर किसान

Techie IT