Techie IT
२०८२ जेठ २४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पको कर विधेयक घिनलाग्दो भएको मस्कको प्रतिक्रिया

ट्रम्पको कर विधेयक घिनलाग्दो भएको मस्कको प्रतिक्रिया


एजेन्सी । अर्बपति व्यापारी इलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्च विधेयकको कडा आलोचना गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मस्कले यसलाई ‘घृणित’ भनेर टिप्पणी गरेका हुन् । यो कानून मे महिनामा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट पारित भएको थियो । यो कानूनमा धेरै ट्रिलियन डलर बराबरको कर छुट, रक्षा खर्चमा वृद्धि र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति दिने बुँदा समावेश छन् ।

यसका पक्षमा मतदान गर्नेहरूलाई लाज लाग्नु पर्ने मस्कले मंगलबार सामाजिक सञ्जाल एक्समा लेखेका हुन् । सरकारी दक्षता विभाग १ सय २९ दिन काम गरेपछि अर्बपति मस्कले गत हप्ता प्रशासन छोडेका थिए ।

सरकार छोडेपछि मस्कले ट्रम्पप्रति गरेको यो पहिलो टिप्पणी हो । यो विधेयकलाई यसअघि मस्कले ‘निराशाजनक’ भनेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

ट्रम्पद्वारा विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक

एजेन्सी । अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वडको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न ट्रम्प प्रशासनले रोक लगाएको छ । प्रशासनले कानूनको पालना

अफ्रिकन स्वाइन फिभरका कारण ३६ वटा बङ्गुरको मृत्यु

सुनसरी । बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ वटा बङ्गुर मरेका छन् । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा

जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि

एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि भएको छ । उनको कार्यालयबाट विज्ञप्तिमार्फत क्यान्सर संक्रमणबारे जानकारी दिएको

पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने जेलेन्स्कीको अडान

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने अडान व्यक्त गरेका

Techie IT