अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज
एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने गरी खारेज गर्ने घोषणा गरेको छ ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले बिहीबार एक संक्षिप्त विज्ञप्ति मार्फत नेपाली टीपीएस धारकहरूलाई आफ्नो स्वदेश फिर्ताको तयारी गर्न आग्रह गरेको हो ।
यूएससीआईएसका अनुसार, नेपालले २०१५ को विनाशकारी भूकम्पपछि प्राप्त टीपीएस सुविधा अब निरन्तर आवश्यक नरहेको बताइएको छ । यूएससीआईएसले अमेरिकामा टीपीएस अन्तर्गत रहेका झण्डै ७ हजार ५ सय नेपाली आप्रवासीलाई ‘स्वतः स्वदेश फिर्तीको प्रक्रिया’ शुुरु गर्न आग्रह गरेको छ ।
यसका लागि उनीहरूलाई आधिकारिक एपमार्फत स्वयं निर्वासन प्रक्रिया थाल्न सुझाव दिइएको छ । अमेरिकी विदेश विभागले नेपाललाई हाल ‘यात्रा सतर्कता स्तर २’ मा राखेको छ, जुन देशको राजनीतिक अस्थिरता तथा सम्भावित हिंसाका कारण हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय
काठमाडाैँ । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्
काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि
एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५
काठमाडौं । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार भोजपुर