Techie IT
२०८२ भदौ २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु

गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु


एजेन्सी । गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६ साताका शिशु पनि रहेका छन् । हमास र इजरायलबीचको युद्धमा पिल्सिएका सर्वसाधारण खाद्यान्नको अभावका कारण भोकमरीको शिकार बनेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ सन् २०२३ मा इजरायले गाजामा आक्रमण शुरु गरे यता भोक र कुपोषणका कारण ८० बालबालिका सहित कम्तीमा १ सय १ जनाको मृत्यु भइसकेको छ ।

गत मार्चमा इजरायलले गाजामा सबै आपूर्ति पूर्ण रूपमा रोेक्का गर्दा खाद्य भण्डार सकिएपछी गाजाका सर्वसाधारण भोकभाकै बस्न बाध्य भएको हो । मे महिनामा केही हदसम्म नाकाबन्दी हटाएर अमेरिकी र इजरायली मध्यस्थतामा बिदेशी अनुदानको खाद्यान्न सहायता गाजामा प्रवेश गर्न दिइएको थियो । तर, पर्याप्त खाद्यान्न नहँुदा बिशेष गरी बालबालिका र बृद्धबृद्धा भोकमरीको शिकार हुने गरेका छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने १० लाख गाजावासीको अवस्था त्रासदीपूर्ण रहेको जनाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

Techie IT