Techie IT
२०८२ असोज ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् ।

यसअघि २५ प्रतिशत करको घोषणा गरेका ट्रम्पले १ अगस्ट (आज) देखि लागू हुने गरी थप करको घोषणा गरेका हुन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दर्जनौँ देशमा नयाँ करको घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यस अघि ट्रम्पले अप्रिल महिनामा नै धेरै देशको सामानमा थप करको घोषणा गरेका थिए । चर्को करको घोषणापछि विभिन्न देशले अमेरिकासँग वार्ता गर्दै राष्ट्रपति ट्रम्प यो घोषणाबाट टाढा भएका थिए । यसरी अमेरिकासँग व्यापारिक सम्झौता गर्नेमा युरोपेली युनियन र बेलायतसम्म रहेका छन ।

संसारका धेरै देशका नेताहरूले अमेरिकासँगको वार्ताको विषयमा जानकारी दिन थालेका छन । स्विजरल्यान्डकी राष्ट्रपति कारिन केजन सटरले करको विषयमा अमेरिकासँग कुनै सहमति र वार्ता नभएको बताएकी छिन ।

अप्रिल १ को स्वतन्त्रताको दिन ट्रम्पले स्वीजरल्यान्डको सामानमा ३१ प्रतिशत करको घोषणा गरेका थिए । यस विषयमा अमेरिकासँग सहमति हुने कुरामा स्वीजरल्यान्ड आशावादी रहेको राष्ट्रपतिको भनाइ छ ।

रुससँग तेल र हतियार खरिद गरेको भन्दै अमेरिकाले भारतीय समानमा २५ प्रतिशत कर लगाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT