Techie IT
२०८२ असोज १४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू भइसकेको २५ प्रतिशत भन्सार शुल्क थपिएर कुल ५० प्रतिशत पुगेको छ ।

ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार यो शुल्क जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ । भारत सरकारले हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसबाट तेल आयात गरिरहेको भन्दै अमेरिकाले भारतबाट आउने सबै वस्तुमा थप २५ प्रतिशत शुल्क लगाउने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार थप कर लगाउने अमेरिकाको यो निर्णयले अमेरिकी बजारमा भारतीय सामान धेरै महँगो हुनसक्ने बताइएको छ । भारतको अमेरिका तर्फको निर्यातमा ४० देखि ५० प्रतिशतसम्म गिरावट पनि आउन सक्ने विश्लेषण गरिएको छ ।

अमेरिकाको निर्णयलाई भारतको परराष्ट्र मन्त्रालयले अनुचित, अकारण र तर्कहीन’ भनेर टिप्पणी गरेको छ । भारतले १ अर्ब ४० करोड जनताको ऊर्जा सुरक्षा सुनिश्चित गर्न रुसबाट तेल आयात गर्नुपरेको जनाएको छ ।

अमेरिकाको यो निर्णयपछि भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । कांग्रेस नेता राहुल गान्धीले भारतलाई अनुचित व्यापार सम्झौताका लागि डराउने प्रयास भनेका छन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

Techie IT