Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेन युद्धमा नयाँ मोड ! रुसले आणविक हतियारको पहिलो खेप बेलारुसमा पठायो, पुटिनले भने– खतरा भए प्रयोग गर्छु

युक्रेन युद्धमा नयाँ मोड ! रुसले आणविक हतियारको पहिलो खेप बेलारुसमा पठायो, पुटिनले भने– खतरा भए प्रयोग गर्छु


एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आणविक हतियारको पहिलो खेप बेलारुस पठाएको पुष्टि गरेका छन् ।

साथै उनले आफ्नो क्षेत्र वा प्रदेशमा खतरा हुँदा मात्रै यस्ता हतियारको प्रयोग हुने पनि जोड दिएका छन् ।

सेन्ट पिटर्सबर्गमा भएको अन्तर्राष्ट्रिय आर्थिक मञ्चलाई सम्बोधन गर्दै उनले आणविक हतियारको पहिलो खेप बेलारुस पठाइएको र देशलाई खतरा भए मात्रै प्रयोग गरिने बताए ।

युक्रेनमा हमला गरेपछि रुसले बारम्बार आणविक हतियार प्रयोग गर्ने धम्की दिइरहेको छ । अब आफ्नो अग्रगामी योजना अन्तर्गत रुसले युक्रेनको सीमावर्ती क्षेत्रमा आणविक हतियार तैनाथ गर्ने योजनामा ​​काम गर्न थालेको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनले आफ्नो विशेष सहयोगी देश बेलारुसलाई आणविक हतियार पठाएको हो।

पुटिनलाई फोरममा आणविक हतियारको प्रयोगसँग सम्बन्धित प्रश्न सोध्दा उनले आत्मरक्षाका लागि र रुसको रणनीतिक पराजयबारे सोच्नेहरूलाई सम्झाउनका लागि यो कदम चालिएको बताए।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

इजरायलद्वारा इरानमाथि आक्रमण शुुरु

एजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ

अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

ट्रम्पद्वारा विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

Techie IT