Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियक्यामरुनको अशान्त एङ्ग्लोफोन क्षेत्रमा भएको सैन्य कारबाहीमा कम्तीमा १० जनाको मृत्यु

क्यामरुनको अशान्त एङ्ग्लोफोन क्षेत्रमा भएको सैन्य कारबाहीमा कम्तीमा १० जनाको मृत्यु


एजेन्सी । अङ्ग्रेजी भाषा बोल्ने उत्तरपश्चिम क्षेत्रमा सशस्त्र पृथकतावादीहरू विरुद्ध क्यामरुनको सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय र सुरक्षा बलहरूले जानकारी दिएका छन्।

आक्रमण यस क्षेत्रको ठूलो बबंकी गाउँमा शुक्रबार रातिदेखि शनिबारसम्म चलेको थियो।

मारिनेहरू सशस्त्र पृथकतावादीहरू रहेको र जसले गत सो इलाकामा दर्जनौं महिलाहरूलाई अपहरण गर्ने, यातना दिने गरेका थिए । पृथकतावादीहरूले सामाजिक सञ्जालमा ती आरोपहरूको खण्डन गर्दै मृतकहरू लडाकू नभई स्थानीयहरूले चिनेका नागरिकहरू रहेको बताएका छन्।

गाउँका एक बासिन्दाले नाम नखुलाउने शर्तमा सिन्ह्वालाई आक्रमणको कारण गाउँका सयौं मानिसहरू झाडीतिर भागेका बताएका थिए ।

सन् २०१७ देखि सरकारी सेनासँग द्वन्द्वमा रहेका पृथकतावादीहरूले उत्तरपश्चिम र दक्षिणपश्चिमका दुई अंग्रेजी भाषी क्षेत्रहरूमा स्वतन्त्र राष्ट्र स्थापना गर्ने आशा राखेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हमाससँगको युद्ध जित्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको दाबी

एजेन्सी । इजरायलले अमेरिकाको समर्थनका कारण हमासमाथिको युद्ध जित्ने दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा जारी युद्धमा

अत्यधिक चिसोले मङ्गोलियामा २१ लाख पशु मरे

काठमाडौँ । ‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको राज्य आपत्कालीन आयोग (एसइसी)ले

गोप्य रुपमा अन्त्येष्टि गर्ने भएपछि रुसी नेता नाभाल्नीको शव बुझियो

काठमाडौँ । जेलभित्रै ज्यान गुमाएका रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमाले बुझेकी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका

रुस–युक्रेन युद्धमा एक नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि

गण्डकी । रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको

पूर्वी इन्डोनेसियामा हेलिकप्टर सम्पर्कविहीन

काठमाडौँ । इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी मालुकुमा मङ्गलबार तीन यात्रु बोकेको एउटा हेलिकप्टर सम्पर्कविहीन भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका

भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार

काठमाडौँ । भारतमा आन्दोलनरत किसान सङ्गठनले केन्द्र सरकारको प्रस्तावलाई अस्वीकार गरेका छन् । हरियाणा–पञ्जाबको शम्भु सीमामा पत्रकार सम्मेलन गरेर किसान

Techie IT