Techie IT
२०८२ असार १०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियग्रीसमा डुङ्गा दुर्घटनामा ३०० जना पाकिस्तानीको मृत्यु भएको आशंका

ग्रीसमा डुङ्गा दुर्घटनामा ३०० जना पाकिस्तानीको मृत्यु भएको आशंका


एजेन्सी । ग्रीसको तटमा ७५० यात्रु बोकेको डुंगा पल्टिँदा ३०० भन्दा बढी पाकिस्तानी नागरिकको मृत्यु भएको आशंका गरिएको छ । एक अधिकारीका अनुसार पाकिस्तान सरकारले मानव तस्करहरू विरुद्ध क्र्याक डाउन गर्दै देशका विभिन्न भागहरूबाट कम्तीमा १२ संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेको छ।

गत हप्ता डुङ्गा पल्टिँदा ४०० पाकिस्तानी, २०० इजिप्टियन र १५० सिरियाली सवार थिए।

तीमध्ये सिरियाली महिला र बालबालिका पनि थिए ।

पाकिस्तानी सिनेटका अध्यक्ष मुहम्मद सादिक संजरानीले ग्रीसको तटमा हालै भएको डुङ्गा दुर्घटनामा परी तीन सयभन्दा बढी पाकिस्तानी नागरिकको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

उनको कार्यालयले ट्वीट गर्दै यो जानकारी दिएको हो ।

उनले भने, “दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । हाम्रो समवेदना र प्रार्थना तपाईंसँग छ। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौं।’

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आइतबार मानव तस्करहरूलाई कारबाही गर्न आदेश दिएका छन्। यस डुङ्गा दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा देशमा एक दिने शोकको घोषणा गरिएको छ । संघीय अनुसन्धान एजेन्सी (एफआईए) का एक शीर्ष अधिकारीले भने,‘उनीहरूले गत शुक्रबारदेखि कम्तिमा १२ संदिग्ध मानव तस्करहरूलाई पक्राउ गरेका छन्, जसमा कराची अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईको उडानमा चढ्ने प्रयास गर्ने एक जना पनि थिए।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

इजरायलद्वारा इरानमाथि आक्रमण शुुरु

एजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ

Techie IT