Techie IT
२०८२ असार २८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘मलाई जेलमा हाले पनि, म न त सम्झौता गर्छु न आत्मसमर्पण गर्छु’

‘मलाई जेलमा हाले पनि, म न त सम्झौता गर्छु न आत्मसमर्पण गर्छु’


एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देशमा कानूनको शासनका लागि लडाइँ जारी राख्ने र आफु जेलमा परे पनि सम्झौता नगर्ने र आत्मसमर्पण नगर्ने बताएका छन् ।

आइतबार साँझ युट्युब मार्फत राष्ट्रलाई सम्बोधन गर्दै खानले आफ्नो लडाई आफ्नो देश र जनताको राम्रो भविष्यका लागि भएको बताए।

खानले भने, ‘उनीहरूले मलाई जेलमा हाले पनि, म न त सम्झौता गर्छु न आत्मसमर्पण गर्छु। म कानुनको शासन र मेरो देशका जनताको राम्रो भविष्यका लागि लडिरहनेछु।’

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका ७० वर्षीय प्रमुख १९ वटा मुद्दामा आफ्नो अग्रिम जमानतको म्याद थप गर्न लाहोरबाट इस्लामावाद पुगेका छन्।

खान १४० भन्दा बढी मुद्दाको सामना गरिरहेका छन्। धेरै जसो मुद्दा आतंकवाद, जनतालाई हिंसामा उक्साउने, आगजनी, ईश्वरनिन्दा, हत्याको प्रयास, भ्रष्टाचार र ठगीसँग सम्बन्धित छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT