Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजापानमा ६१ प्रतिशत फर्महरू ‘जेनेरेटर एआई’ प्रयोगको बारेमा सकारात्मकः सर्वेक्षण

जापानमा ६१ प्रतिशत फर्महरू ‘जेनेरेटर एआई’ प्रयोगको बारेमा सकारात्मकः सर्वेक्षण


एजेन्सी । जापानका ६० प्रतिशतभन्दा बढी कम्पनीहरुले आफ्नो सञ्चालनमा ‘जेनेरेटर आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगप्रति सकारात्मक दृष्टिकोण राखेको हालैको एक अनुसन्धान सर्वेक्षणले देखाएको छ ।

जापानको टेइकोकु तथ्याङ्क बैंकद्वारा मङ्गलबार प्रकाशित एक अनलाइन सर्वेक्षणअनुसार सर्वेक्षणमा सहभागी ९.१ प्रतिशत कम्पनीहरूले आफ्नो सञ्चालनमा जेनेरेटर एआईको प्रयोग गरिरहेको बताएका छन् भने ५२.० प्रतिशतले प्रविधिको प्रयोग गर्ने बारे सोचिरहेको बताएका छन् ।

क्रेडिट रिसर्च कम्पनीले हालै गरेको सर्वेक्षणमा एक हजार ३८० कम्पनीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो ।

यसैबीच, एआई प्रविधिको प्रयोगमा आन्तरिक नियमहरू तयार गर्ने कम्पनीहरूको अनुपात केवल १.२ प्रतिशत मात्र रहेको छ ।

सर्वेक्षणमा २३.३ प्रतिशतले तथ्याङ्कको गोपनियताबारे चिन्ता व्यक्त गर्दै आफ्ना गतिविधिमा जेनेरेटर एआईको प्रयोगबारे विचार नगरेको बताएका छन् ।

सर्वेक्षणले समेटेका घर–जग्गा किनबेच सम्बन्धी कम्पनीका एक अधिकारीले भने, “जेनेरेटिभ एआईको प्रयोगमा प्रतिबन्धले फाइदाभन्दा बढी बेफाइदा हुनेछ । व्यक्तिगत जानकारीको प्रयोगमा सामान्य सुरक्षा सावधानीहरू पालन गरिएको छैन ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT