Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियचीनद्वारा अमेरिकालाई अपराधीको आश्रयस्थल नबन्न अनुरोध

चीनद्वारा अमेरिकालाई अपराधीको आश्रयस्थल नबन्न अनुरोध


एजेन्सी । चीनले अमेरिकालाई आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा दुई चिनियाँ नागरिकलाई अमेरिकामा मङ्गलबार सजाय दिइएको र जबरजस्ती चीन फिर्ता पठाएको बारेका जिज्ञासा राख्दा उक्त टिप्पणी गर्नु भएको हो ।

‘सीमापार अपराधहरू विरुद्ध लड्न, भ्रष्ट भगौडाहरूलाई स्वदेश फिर्ता गर्ने र गैरकानूनी आम्दानीलाई नियन्त्रण गर्ने लगायतका विषय अन्तरराष्ट्रिय समुदायले व्यापक रूपमा मान्यता दिएको विषय हो र यो न्यायोचित पनि हो’, माओले भने ।

विश्वका कुनै पनि देशसँग चीनको कानून प्रवर्तन सहयोग अन्य देशको कानुन र न्यायिक सार्वभौमसत्ताको पूर्ण सम्मान गर्दै र अपराधी संदिग्ध व्यक्तिहरूको कानुनी अधिकार र हितको रक्षा गर्ने प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय कानूनको कडाइका साथ सञ्चालन गरिने पनि माओले प्रतिबद्धता व्याक्त गरेका छन् ।

‘सम्बन्धित कार्य पूर्णतया न्यायोचित छ। अर्कोतर्फ अमेरिकाले तथ्यहरूलाई बेवास्ता गर्ने गरेको छ, जानाजानी चीनको प्रयासलाई भयावह चीजको रूपमा विकृत गरेको छ र न्यायिक कारबाही पनि फरक ढङ्गले गरेको छ। चीन यसको कडा विरोध गर्दछ’, माओले भनेका छन्।

उनले अमेरिकालाई आफ्नो गल्ती तुरुन्त सच्याउन, अन्तरराष्ट्रिय सङ्गठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघ महासन्धि, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघ महासन्धि र अन्य अन्तरराष्ट्रिय सन्धिहरू अन्तर्गत आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ साथै आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न पनि उनले अमेरिकाको ध्यानाकर्षण गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

Techie IT