Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियआसाम बाढीको त्रासः बजालीका १९६ गाउँका २ लाख ६१ हजार मानिस प्रभावित

आसाम बाढीको त्रासः बजालीका १९६ गाउँका २ लाख ६१ हजार मानिस प्रभावित


एजेन्सी । असमको बजाली जिल्लामा बाढीको अवस्था अझै डरलाग्दो बन्दै गएको छ । यस जिल्लाका १९६ गाउँका करिब दुई लाख ६१ हजार मानिसहरू बाढीबाट प्रभावित भएका छन्।

पाहुमरा खोलाको बाढीले पाठशाला क्षेत्रका थुप्रै गाउँ डुबानमा परेका छन् ।

बाढीको पानीले पाठशालास्थित स्वाहिद मदन रौता उप(डिभिजन निजामती अस्पताल डुबानमा परेपछि अस्पताल प्रशासनले सबै बिरामीलाई अस्पतालबाट अन्यत्र सारेको छ ।

अर्कोतर्फ पाहुमरा खोलाको बाढीले मेधिकुची गाउँको तटबन्धको ठूलो हिस्सा भत्काएर कैयौं घर बगाएको छ ।

प्रभावित गाउँलेहरू अहिले सडक, तटबन्ध र अग्लो स्थानमा आश्रय लिएर बसेका छन् ।

बाढीले बजली जिल्लाको २९७ दशमलव ३० हेक्टर बाली डुबानमा परेको जनाएको छ ।

अर्कोतर्फ असमको तामुलपुरको कुमारिकाटा क्षेत्रमा बाढीको पानीले पुलमा क्षति पुर्याएको छ ।

आसामको कोकराझार जिल्लामा बिहीबार मडाती नदीको बाढीले गोसाइगाउँ क्षेत्रस्थित खोलामाथिको काठको पुल बगाउँदा आवतजावतमा बाधा पुगेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT