Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपुटिनको विश्वासयोग्य वाग्नर समूहलद्वारा रुसविरुद्ध विद्रोह, ३० हजार लडाकुहरू मस्को कब्जा गर्न अघि बढ्दै

पुटिनको विश्वासयोग्य वाग्नर समूहलद्वारा रुसविरुद्ध विद्रोह, ३० हजार लडाकुहरू मस्को कब्जा गर्न अघि बढ्दै


एजेन्सी । रुस–युक्रेन युद्ध अझै जारी छ । तर, यसैबीच मस्कोमा लागि ठूलो समस्या खडा भएको छ । रुसमा नै ठूलो विद्रोह भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

वाग्नर समूहले रूसी सेनामाथि आक्रमण गरेको बताइएको छ ।

कुनै समय यो समूह रूसको शक्ति थियो।

वाग्नर समूहका ३० हजार लडाकुहरू रुसविरुद्ध विद्रोह गरेका छन् ।

वाग्नर प्रमुखले रुसविरुद्ध युद्धको घोषणा गरेका छन् । मस्को आउने राजमार्ग बन्द गरिएको छ।

रुसी सेनाको दोस्रो हेलिकप्टर पनि खसालिएको वाग्नरको दाबी छ । रोस्तोभका गभर्नरले जनतालाई घरबाहिर ननिस्कन अपिल गरेका छन् ।

रुसी राष्ट्रपति युक्रेनमा जितको आशा लिएर बसेका थिए । तर, हाल सत्ता विद्रोहको खतरा बढेको छ । क्रेमलिनको सुरक्षा गर्न ट्याङ्कहरू तैनाथ गरिएको छ।

मस्कोका सडकहरू ट्याङ्क र सशस्त्र गाडीहरूले भरिएका छन्। पुटिनले रुसको निजी सेना नै उनको कूको कारण हुनसक्ने महसुस गरेका छन् ।

द सनको रिपोर्टमा यो मामिला युक्रेनको बाख्मुतसँग सम्बन्धित रहेको बताइएको छ ।

बाख्मुतमा वाग्नर प्रशिक्षण शिविर थियो। हालै त्यसमा मिसाइल आक्रमण भएको थियो । वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले यसमा क्रेमलिनको हात रहेको विश्वास गर्छन्। यसपछि उनले मस्कोलाई नष्ट गर्ने वाचा गरेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT