Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियछोरासँग टाइटानिकको भग्नावशेष हेर्न जान चाहन्थे यी अर्बपति, साथीको मृत्युले बचायो ज्यान !

छोरासँग टाइटानिकको भग्नावशेष हेर्न जान चाहन्थे यी अर्बपति, साथीको मृत्युले बचायो ज्यान !


एजेन्सी । लस भेगासका अर्बपति जे ब्लूम साहसिक यात्रामा जान उत्सुक थिए। उनीभन्दा पनि जिज्ञासु उनको २० वर्षको छोरा थिए जो टाइटानिकका कथाहरू सुनेर धेरै प्रभावित भएका थिए । तर, त्यसपछि ब्लूमलाई केही लाग्यो र उनले अन्तिम क्षणमा आफ्नो यात्रा रद्द गरे।

ब्लुम र उनका छोरा टाइटानिकको भग्नावशेष हेर्न एउटै टाइटन पनडुब्बीमा चढ्न लागेका थिए जहाँ विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो।

ब्लूम लस भेगासमा एक लगानीकर्ता हो। स्टकटन रशले उनलाई यो यात्राको लागि मनाउन निकै प्रयास गरेका थिए। यसका लागि उनले धेरै हदसम्म मन बनाइसकेका थिए ।

यसका लागि उनी निकै उत्सुक देखिन्थे । तर यो यात्राका क्रममा उनले सुरक्षाका विषयमा पनि केही प्रश्न उठाएका थिए ।

यो यात्रा उनका र छोराको लागि सुरक्षित छ कि छैन भनेर बारम्बार सोधिएको थियो र यसैले अन्तिम समयमा उनले आफ्नो र छोराको नाम फिर्ता लिएका थिए ।

एक अन्तर्वार्ताका क्रममा ब्लूमले यो कुरा बताएका हुन् ।

जब जे ब्लूमले यस यात्रामा जान अस्वीकार गरे, तब पाकिस्तानी मूलका अर्बपति र पाकिस्तानको सबैभन्दा प्रमुख कर्पोरेट राजवंश मध्ये एकका वंशज प्रिन्स दाउद र उनका छोराले मौका पाए ।

जे ब्लूमले दुई साताअघि बाइक दुर्घटनामा आफ्नो मिल्ने साथी गुमाएका थिए र त्यसबेलादेखि नै उनले जीवनको महत्त्व बुझेका थिए।

ब्लुम भन्छन्ः जब पनि यो दुर्घटनामा ज्यान गुमाएका पाकिस्तानी व्यापारी र उनका छोराको तस्बिर हेर्छु, तब मलाई लाग्छ कि म र मेरो छोरा त्यो घटनामा हुने थियौँ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन

एजेन्सी । बंगलादेशमा विद्यार्थी संगठनहरुले सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटमपछि माग पुरा नभएको भन्दै पुनः आन्दोलन शुरु गरेका छन् ।

श्रीलङ्काको अर्थतन्त्र लयमा फर्कँदै

एजेन्सी । श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ करोड भारू (नेरु ११ अर्ब २० करोड) रुपैयाँ अनुदान

चुनाबी दौडबाट बाइडेन बाहिरिए, ह्यारिसलाई समर्थन गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडे: परराष्ट्र मन्त्रालय

काठमाडौँ । सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८०० नेपालीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार

डोनाल्ड ट्रम्पले आज सम्वोधन गर्दै

एजेन्सी । अमेरिकामा आसन्न राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लीकन पार्टीले डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार मनोनित गर्दैछ । मिलवाकेमा जारी रिपब्लीकन पार्टीको

Techie IT