Techie IT
२०८१ साउन १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययूपीको मैनपुरीमा एकै परिवारका ५ जनाको निर्मम हत्या

यूपीको मैनपुरीमा एकै परिवारका ५ जनाको निर्मम हत्या


एजेन्सी । भारतको उत्तर प्रदेशको मैनपुरीमा ठूलो नरसंहार भएको छ । एकै परिवारका ५ जनाको हत्या भएको छ । हत्यापछि अभियुक्तले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।

यस हत्याकाण्डमा दुई जना गम्भीर घाइते भएका छन्, जसलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

दुवैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

आरोपी नोएडाको एक निजी कम्पनीमा काम गर्दथे र आफ्नो भाइको विवाहमा सहभागी हुन घर आएका थिए।

घरमा बिहेको माहोल थियो जसका कारण सबै सदस्य र आफन्त उपस्थित थिए । तर, हत्याका आरोपीले के कारणले हत्या गरेको हो भन्ने खुल्न सकेको छैन ।

यो हत्याकाण्डपछि इलाकामा सनसनी मच्चिएको छ ।

प्रहरीले सबै मृतकको शव आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको मिडिया रिपोर्टमा उल्लेख छ । घटनाबारे अनुसन्धान भइराखेको बताइएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन

एजेन्सी । बंगलादेशमा विद्यार्थी संगठनहरुले सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटमपछि माग पुरा नभएको भन्दै पुनः आन्दोलन शुरु गरेका छन् ।

श्रीलङ्काको अर्थतन्त्र लयमा फर्कँदै

एजेन्सी । श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ करोड भारू (नेरु ११ अर्ब २० करोड) रुपैयाँ अनुदान

चुनाबी दौडबाट बाइडेन बाहिरिए, ह्यारिसलाई समर्थन गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडे: परराष्ट्र मन्त्रालय

काठमाडौँ । सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८०० नेपालीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार

डोनाल्ड ट्रम्पले आज सम्वोधन गर्दै

एजेन्सी । अमेरिकामा आसन्न राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लीकन पार्टीले डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार मनोनित गर्दैछ । मिलवाकेमा जारी रिपब्लीकन पार्टीको

Techie IT