Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपाकिस्तानः बस दुर्घटनामा १० जनाको मृत्यु, ४० जना भन्दा बढी घाइते

पाकिस्तानः बस दुर्घटनामा १० जनाको मृत्यु, ४० जना भन्दा बढी घाइते


एजेन्सी । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नवाब शाह जिल्लामा आइतबार दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० भन्दा बढी घाइते भएका छन् ।

एक लेनको सडकमा विपरीत दिशामा गुडिरहेका दुई बसले एकै पटक दुई फरक फरक सवारी साधनलाई ओभरटेक गर्दा दुई बसहरू एक अर्कासँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ ।

दुर्घटनाको केही मिनेटभित्र नै उद्धारकर्मीहरू घटनास्थलमा पुगेका र पीडितहरूलाई स्थानीय अस्पतालहरूमा स्थानान्तरण गरिएको उद्धारकर्मीले जनाएका छन् ।
मृत्यु हुनेमा महिला र बालबालिका रहेको उद्धारकर्मीले बताएका छन् ।

देशको उत्तरपश्चिमी पेशावर शहरबाट दक्षिणी बन्दरगाह शहर कराँचीतर्फ जाँदै गरैको बस र कराँचीबाट पूर्वी पञ्जाब प्रान्ततर्फ जाँदै गरेको बस एकआपसमा ठोक्किँदा मानवीय क्षति हुन पुगेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT