Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठUKपाइलटले मेरो ड्युटी सकियो, अब विमान उडाउँदिन भनेपछि यात्रुहरू ६ घण्टा विमानस्थलमै अलपत्र !

पाइलटले मेरो ड्युटी सकियो, अब विमान उडाउँदिन भनेपछि यात्रुहरू ६ घण्टा विमानस्थलमै अलपत्र !


लण्डन । लण्डनबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडानमा पाइलटले आफ्नो ड्युटी टाइम सकिएको भन्दै विमान नउडाउने भनेपछि यात्रुहरुले दुःख पाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

दिल्लीको खराब मौसमका कारण आइतवार तीन अन्तर्राष्ट्रिय र दुई घरेलु उडानहरू जयपुरमा डाइभर्ट गरिएको थियो। जसमा एयर इन्डियाको दुई, स्पाइसजेटको दुई र गल्फ स्ट्रिमको एउटा उडान समावेश थिए।

सोही क्रममा पाइलटले ड्युटी टाइम सकिएको भन्दै जयपुरस्थित एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान छोडे ।

विमानमा सवार करिब १५० यात्रु जयपुर विमानस्थलमा ६ घण्टासम्म समस्यामा परेका थिए । पछि उनीहरुलाई बायरोड दिल्ली पठाइयो ।

एयर इन्डियाको फ्लाइट नम्बर एआई–११२ बिहान ६ बजे लण्डनबाट दिल्ली पुग्ने समय थियो तर खराब मौसमका कारण उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो ।

त्यसपछि विमान जयपुरमा अवतरण गर्दा त्यसका २ जना पाइलटले ड्युटी टाइम सकिएको भन्दै विमान छोडे ।

त्यसपछि यात्रुहरु निकै त्रसित भएका थिए । सबै यात्रुलाई गन्तव्यमा पुर्‍याउने तयारी गरिएको थियो ।

यससँगै यात्रुको असन्तुष्टि हटाउन विमानस्थल प्राधिकरणले उनीहरुलाई खाना र अन्य सुविधा उपलब्ध गराएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT