Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअफगानिस्तान विश्व समुदायसँग सम्बन्ध स्थापित गर्न चाहन्छ: तालिबान

अफगानिस्तान विश्व समुदायसँग सम्बन्ध स्थापित गर्न चाहन्छ: तालिबान


एजेन्सी । तालिबाननेता मौलवी हिबतुल्लाह अखुन्दजादाले इद–उल–अजहाको आगमनपछि एक सन्देश जारी गर्दै तालिबानले विश्व, विशेषगरी इस्लामी मुलुकसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको र यस सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन् ।

काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल टोलो न्यूजका अनुसार तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले तालिबान नेता मौलवी हिबतुल्लाह अखुन्दजादालाई उद्धृत गरीे इद–उल–अजहाको अवसरमा उक्त सन्देश जारी गरेका हुन्।

मुजाहिदको ट्वीटरमा प्रकाशित पत्रमा अखुन्दजादाले भनेका छन्, “जसरी हामी अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, त्यसरी नै हामी अरुलाई हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिँदैनौं ।”

उनले तालिवान नेतृत्वमा मुलुकको आर्थिक पतन र सङ्कटको भविष्यवाणी गलत साबित भएको दावीसमेत गरे।

तालिवानको ‘बुद्धिमत्तापूर्ण कदम, इमानदारी र पारदर्शिता’का कारण देह आर्थिक पतन हुनबाट जोगिएको अखुन्दजादाले बताए ।

उनले लागूऔषधको मुद्दालाई पनि उल्लेख गर्दै भने, “देशमा अफिमको खेती उन्मूलन भइसकेको छ र ‘किसानहरूले विकल्पको खोजी गरिरहेका छन्, र यहाँ कानुनीरूपमा वैध मानिने व्यवसासयीक खेतीको विस्तार भइरहेको छ ।”

“यसबीचमा, सबै प्रकारका लागूपदार्थको उत्पादन, तस्करी र प्रयोगमा प्रतिबन्ध लगाइएको छ र अब, धेरै नागरिकहरू, विशेष गरी युवाहरू यस क्षतिबाट जोगिएका छन्,” अखुन्दजादाले भने ।

महिला अधिकारका सम्बन्धमा उहाँले जबर्जस्ती करणीलगायत थुप्रै परम्परागत उत्पीडनबाट महिलालाई जोगाउन ठोस कदम चालिएको र उनीहरूको शरिया अधिकारको संरक्षण गरिएको दाबी गरे ।

उनले भने, “यसबाहेक, इस्लामी शरिया कानुन अनुसार महिलाहरूलाई आरामदायी र समृद्ध जीवन प्रदान गर्न समाजको आधा भागको रूपमा ‘महिलाहरूको सुधारका लागि आवश्यक कदम’हरू चालिएका छन् ।

“विगत २० वर्षदेखि महिलाको हिजाब र भ्रमसँग सम्बन्धित पेशाका नकारात्मक पक्षहरू चाँडै अन्त्य हुनेछन् ।”

उक्त सन्देशमा अफगानी बालिका र महिलाको शिक्षाबारे कुनै उल्लेख गरिएको छैन ।

अखुन्दजादाले प्यालेस्टिनी महिला, बालबालिका र असहाय मुसलमानहरूमाथि इजरायलले गरेको क्रूर कार्यको कडा शब्दमा निन्दा गरेको र अन्य देशहरूलाई ‘यस अतिवादी मानवीय अपराध र क्रूर अत्याचारलाई रोक्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्न’ आग्रह गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

काठमाडाैँ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

Techie IT