Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइमरान र बुशरा बिबीलाई अदालतबाट ठुलो राहत

इमरान र बुशरा बिबीलाई अदालतबाट ठुलो राहत


एजेन्सी । पाकिस्तानका पुर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीले अल्कादिर ट्रस्ट मुद्दामा अन्तरिम जमानत पाएकी छिन् ।

उनलाई मे ३१ सम्म पक्राउ नगर्ने अदालतले जनाएको थियो ।

बुशरा बिबीविरुद्ध १९ करोड पाउण्ड घोटालाको मुद्दा दर्ता भएको थियो ।

उक्त मामिलामा इमरान खान र बुशरा बीबी दुवै इस्लामाबाद न्यायिक परिसर पुगेका थिए।

अदालतले अल्कादिर ट्रस्ट मुद्दाको सुनुवाइ गरेपछि बुशरा बीबीलाई मे ३१ सम्म पक्राउ नगर्ने आदेश दिएको थियो।

अल्कादिर ट्रस्ट मामिलामा बुशरा बीबीलाई नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) मार्फत गिरफ्तार गर्ने धम्की थियो।

तर, अदालतले बुशरालाई मे ३१ सम्मका लागि पक्राउ गर्न रोक लगाएको थियो ।

अल्कादिर ट्रस्ट मुद्दामा बुशरा बीबीलाई मे २३ सम्म पक्राउ गर्न प्रतिबन्ध लगाइएको थियो ।

जमानतको म्याद आज सकिएको छ । यही कारण उनी गिरफ्तारीबाट बच्न अदालत गएकी थिइन्, उनले जमानत पाएकी छिन् ।

इमरानले विभिन्न आठ मुद्दामा आतंकवाद विरोधी अदालत (एटीसी) मा याचिका दायर गरेका थिए। यी निवेदन दिन उनी रावलपिण्डी कार्यालय पुगेका थिए । यी मुद्दाको सुनुवाइपछि अदालतले उनलाई ठूलो राहत दिएको छ । अदालतले यी सबै मामिलामा इमरानलाई जुन ८ सम्म पक्राउ नगर्न आदेश दिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT