Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम

सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम


एजेन्सी । सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम स्थानमा पुग्न सफल भएको छ भने आयरल्याण्ड र स्विट्जरल्याण्ड क्रमशः द्वितीय र तृतीय स्थानमा उभिएका छन् ।

विश्वका ६४ देशको प्रतिस्पर्धात्मक क्षमतालाई मूल्याङ्कन गर्न सर्वेक्षण, साङ्खिकीय अध्ययन र प्रवृत्तिहरूको संयोजनलाई प्रयोग गरी इन्टरनेसनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट ९आईएमडी० ले सार्वजनिक गरेको पछिल्ला वरीयतामा सिङ्गापुर एक स्थान तल झरेको छ ।

गत साता आईएमडीको वल्र्ड कम्पिटिटिभनेस सेन्टर (डब्लुसीसी) ले आफ्नो वार्षिक प्रतिवेदनमा ६४ वटा अर्थतन्त्रमध्ये सिङ्गापुर चौथो स्थानमा रहेको जनाएको छ । सन् २०१९ र २०२० मा पहिलो स्थानमा रहेको गणतन्त्र सन् २०२१ मा पाँचौँ स्थानमा रहेको थियो ।

डब्लुसीसीले दीर्घकालीन मूल्य सिर्जना हासिल गर्नका लागि आफ्नो दक्षतालाई कसरी व्यवस्थापन गर्दछ भन्ने आधारमा देशहरूको विश्लेषण र श्रेणीकरण गर्दछ । यसले कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० र उत्पादकत्वका अतिरिक्त यसले उद्यमहरूले राजनीतिक, सामाजिक र सांस्कृतिक कारकहरूसँग कसरी सामना गर्छन् भन्ने बिषयलाई मूल्याङ्कन गरी सार्वजनिक गर्छ ।

शीर्ष १० मा नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेको छ भने ताइवान, हङकङ, स्वीडेन, अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) क्रमशः छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन् ।

सन् २०१९ देखि २०२१ सम्म लगातार ४३ औं स्थानमा रहेको भारत तीन स्थान तल झरेर ४० औं स्थानमा रहेको छ । आईएमडीको रिपोर्टको आधारअनुसार भारतले सरकारी दक्षतामा सुधार गरेको छ । यद्यपि, व्यापार, पूर्वाधार र आर्थिक प्रदर्शनमा अन्य देशहरूको तुलनामा केही कमजोरी प्रदर्शन गरेका कारण ४० औँ स्थानमा उभिएको हो ।

विशेष गरी, भारतलाई विशेष अङ्क दिलाउन योगदान गरेका शीर्ष तीन उपायहरूमा विनिमय दरमा स्थिरता, क्षतिपूर्ति स्तर र प्रदूषण नियन्त्रणमा सुधार रहेको रिपोर्टमा बताइएको छ । सन् २०२३ मा भारतले आफ्नो उच्च जीडीपी वृद्धि कायम राख्ने, वित्तीय बजारको उतार चढावको सामना गर्ने, मुद्रास्फीति र वित्तीय घाटा नियन्त्रण गर्ने, डिजिटल रूपान्तरणलाई गति दिने र पूर्वाधार विकासका लागि स्रोत परिचालन गर्ने जस्ता चुनौतीको सामना गर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२३ को नतिजाले कोभिड–१९ को महामारीपछि खुल्न ढिला भएका अर्थतन्त्रले आफ्नो प्रतिस्पर्धात्मक क्षमतामा कसरी सुधार देखिन थालेको छ भन्ने कुरा पनि उजागर गरेको छ । उदाहरणका लागि थाइल्याण्ड, इन्डोनेसिया र मलेसियाको वरियतामा सुधार आएको छ भने सुरुमै खुलेका स्वीडेन र फिनल्यान्डजस्ता अर्थतन्त्रहरू पछि परेका छन् ।

सन् २०२२ मा शीर्ष १० वरियता क्रममा यूरोपका पाँच मुलुक पर्न सफल भएका थिए । सन् १९८९ मा पहिलो पटक प्रकाशित आईएमडी वल्र्ड कम्पिटिटिभनेस इयरबुक (डब्लुसिवाई) एक विस्तृत वार्षिक प्रतिवेदन हो र देशहरूको प्रतिस्पर्धात्मकतामा विश्वव्यापी सन्दर्भ स्रोत हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन

एजेन्सी । बंगलादेशमा विद्यार्थी संगठनहरुले सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटमपछि माग पुरा नभएको भन्दै पुनः आन्दोलन शुरु गरेका छन् ।

श्रीलङ्काको अर्थतन्त्र लयमा फर्कँदै

एजेन्सी । श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ करोड भारू (नेरु ११ अर्ब २० करोड) रुपैयाँ अनुदान

चुनाबी दौडबाट बाइडेन बाहिरिए, ह्यारिसलाई समर्थन गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडे: परराष्ट्र मन्त्रालय

काठमाडौँ । सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८०० नेपालीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार

डोनाल्ड ट्रम्पले आज सम्वोधन गर्दै

एजेन्सी । अमेरिकामा आसन्न राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लीकन पार्टीले डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार मनोनित गर्दैछ । मिलवाकेमा जारी रिपब्लीकन पार्टीको

Techie IT