Techie IT
२०८० जेठ १६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसोमिलिया, इथियोपिया र केन्याका सत्तरी लाख बालबालिका कुपोषणको शिकार

सोमिलिया, इथियोपिया र केन्याका सत्तरी लाख बालबालिका कुपोषणको शिकार


एजेन्सी । संअफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ ।

ती तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको अभाव र असुरक्षाको अकल्पनीय समस्या झेल्न बाध्य भएका छन् । उक्त विश्व स्वास्थ्य संस्थाले पाँच वर्षमुनिका ७० लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका बताउँदै तत्काल पोषण सहायता उपलव्ध नभए थप १९ लाख बालबालिका कुपोषणको जोखिममा पर्ने चेतावनी दिएको छ ।

अघिल्ला तीन वर्षमा लगातार परेको खडेरीका कारण ती मुलुकका समुदायले ठूलो हैरानी बेहुर्नुपरेको, गाईवस्तुको ज्यान गएको, अन्नबाली उत्पादन शून्यप्रायः भएको र त्यसले जीविकोपार्जनमा कष्टमात्र थपेको पूर्वी र दक्षिण अफ्रिकाका लागि कोषका क्षेत्रीय निर्देशक मोहम्मख फलले बताएका छन् । खाना र पानीको खोजीमा लाखौँ बालबालिका आफ्ना अभिभावकसँग घरबाट हिँडेकाले उनीहरू शिक्षाबाट समेत वञ्चित हुनुपरेको पीडादायी अनुभव उनले साझा गरेका छन् ।

कोषका अनुसार सोमिलिया, इथियोपिया र केन्याका दुई करोड ३० लाख जनता खाद्य असुरक्षाको सामना गरिरहेका छन् । कुपोषणबाट गम्भीररूपमा पीडितत बालबालिका गत वर्षको तुलनामा निकै बढी रहेको तथा केही समयसम्म यो अझ उच्च रहने सम्भावना छ ।

प्रतिकूल मौसर, असुरक्षा र अभाव बालबालिका र महिलाका निम्ति चरम चुनौती बनेका छन्भने उनीहरू नै लैङ्गिक हिंसा, यौन शोषण र दुव्र्यवहारको जोखिम परेका छन् । हैजा, दादुरा, मलेरिया र अन्य रोगका कारण तीनवटै देशको स्वास्थ्य प्रणाली पनि समस्याबाट मुक्त हुनसकेको छैन ।

बजारमा खाद्यान्नको उच्च मूल्यले बालबालिका नचाहेर पनि परिवारका निम्ति बोझ भएका छन् । जलवायु सङ्कटले परिस्थितिलाई अझ जटिल बनाएको छ जसका कारण कुपोषण र विस्थापनमा वृद्धि भएको छ ।

गत वर्ष तीन करोडभन्दा बढी पाँच वर्षमुनिका बालबालिका र तिनका आमालाई कुपोषणको शिकार हुनबाट जोगाएका दाताप्रति आभार व्यक्त गर्दै कोषले यस वर्ष पनि उदार मनले सहायता रकम उपलव्ध गराउन अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मुम्बई आतङ्कवादी हमलाका सहयोगीको मृत्यु

एजेन्सी । सन् २००८ मा मुम्बईमा आतङ्कवादी हमला गर्न वित्तीय एवम् अन्य माध्यमबाट आतङ्कारीलाई सघाएका लस्कर ए तैबाका नेता अब्दुल

अमेरिकामा भारतीय विद्यार्थीको हत्या

एजेन्सी । फिलाडेल्फियामा भारतीय मूलका एक जना विद्यार्थीको गोली हानेर हत्या भएको छ । भारतीय मूलका २१ वर्षीय विद्यार्थी पहिचान

मेक्सिकोमा प्रहरीसँगको झडपमा १० जना मारिए

एजेन्सी । उत्तरी मेक्सिकोमा सुरक्षा बलहरूमाथि राजमार्गमा बन्दुकधारीको एक समूहले आक्रमण गर्दा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु

एजेन्सी । अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राजधानी भिएनाबाट १४ किलोमिटर टाढा रहेको मोडलिङस्थित

जम्मु बस दुर्घटनाः १० जनाको मृत्यु, ५५ जना घाइते

एजेन्सी । जम्मू–श्रीनगर राष्ट्रिय राजमार्गमा आज बिहान एउटा बस गहिरो खाडलमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब

इटालीको म्यागियोर तालमा डुङ्गा दुर्घटना

एजेन्सी । इटालीको उत्तरी भागमा अवस्थित म्यागियोर तालमा पर्यटक सवार डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बीस

Techie IT