Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकामा जब एक विद्यार्थी स्वचालित बन्दुक र गोली लिएर विद्यालय पुगे…

अमेरिकामा जब एक विद्यार्थी स्वचालित बन्दुक र गोली लिएर विद्यालय पुगे…


एजेन्सी । अमेरिकाको फिनिक्समा एउटा अचम्मको घटना बाहिर आएको छ ।

एक उच्च माध्यमिक विद्यालयका विद्यार्थी आफ्नो एउटा झोलामा एआर–१५ सेमी–अटोमेटिक राइफल र लंच बक्समा गोला बारुद लिएर गएका थिए।

त्यसपछि शिक्षकले थाहा भएपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

आरोपित विद्यार्थी पक्राउ परेका छन् ।

सीएनएन रिपोर्टका अनुसार फिनिक्सका प्रहरी अधिकारीहरूका अनुसार उनीहरूलाई मेरिभेलको बोसम हाई स्कूलबाट दिउँसो १ बजेतिर कल आएको र एक विद्यार्थीले स्कूलमा स्वचालित राइफल र गोला बारुद ल्याएको जानकारी दिइएको थियो ।

फिनिक्स प्रहरी सञ्चार निर्देशक डोना रोसीले भने, ‘स्कूल अधिकारीहरूले क्याम्पसमा सम्भावित बन्दुकको बारेमा कल प्राप्त गर्ने बित्तिकै विद्यालय तुरुन्तै बन्द गरिएको थियो ।’

स्कूल जिल्लाका प्रवक्ताले स्कुल एक घण्टासम्म बन्द भएको थियो ।

एक विज्ञप्तिमा फिनिक्स प्रहरीले भने,‘हामी ती व्यक्तिहरूको धन्यवाद दिन चाहन्छौँ जसले सुरुमा क्याम्पसमा स्कूलको मैदानमा हतियार भएको सम्भावनाको बारेमा सचेत गराए र जसले तुरुन्तै पुलिसलाई बोलाए।’

पक्राउ परेका विद्यार्थीलाई शनिबारसम्म प्रहरी हिरासतमा राखिने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

इजरायलद्वारा इरानमाथि आक्रमण शुुरु

एजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ

अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

ट्रम्पद्वारा विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

Techie IT