पाकिस्तानमा ६ जना सुरक्षाकर्मी मारिए
एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिएका छन् ।
प्रहरी अधिकारीहरूका अनुसार निजी क्षेत्रबाट सञ्चालित तेल र ग्यास उत्खनन गर्ने कम्पनीमा आतङ्वादीहरूको एक समूहले आक्रमण गर्दा ती सुरक्षाकर्मी मारिएका हुन् । आज बिहान दुई दर्जनभन्दा बढी सशस्त्र आतङ्कारीले गरेको आक्रमणको प्रतिकारमा चार जना ‘फ्रन्टियर कन्स्टेबुलरी’का सदस्य तथा दुई जना निजी सुरक्षाकर्मीको मृत्यु भएको प्रहरी अधिकृत आसिफ बहादुरले बताएका छन् ।
दुई घण्टाभन्दा बढी समय दाहोरो भिडन्तपछि आतङ्कारी भागेका तथा उक्त स्थलको स्थिति अहिले नियन्त्रणमा रहेको जानकारी दिँदै उनले इन्धन उत्खनन केन्द्रलाई पर्याप्त सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समयमै सुरक्षाफौज सहायताका निम्ति आएकाले ठूलो मानवीय क्षति नभएको बताइएको छ ।
पाकिस्तान र हङ्गेरीको संयुक्त लगानीको कम्पनीले इन्धनका निम्ति उत्खनन गरिरहेको छ । उक्त हमलाको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५
एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले
एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।
एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल
एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित
एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा