Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘रूसले कुनै न कुनै रूपमा सैन्य पूर्वाधारसँग सम्बन्धित वस्तुहरूमाथि मात्र आक्रमण गर्छ’

‘रूसले कुनै न कुनै रूपमा सैन्य पूर्वाधारसँग सम्बन्धित वस्तुहरूमाथि मात्र आक्रमण गर्छ’


एजेन्सी । युक्रेनको पूर्वी शहर क्रामाटोर्कको एक रेष्टुरेन्टमा भएको आक्रमणमा रूसी संलग्नताबारे बोल्दै रूसी सेनाले युक्रेनमा सेनासँग सम्बन्धित लक्ष्यमा मात्र आक्रमण गरेको क्रेमलिनले बुधबार जनाएको छ ।

रेष्टुरेन्टमा भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने र दर्जनौँ व्यक्ति घाइते भएका थिए ।

शहरमा सैनिक, पत्रकार र सहायताकर्मीका लागि लोकप्रिय मानिने रिया पिज्जा रेष्टुरेन्ट ध्वस्त भएको एक दिनपछि यो टिप्पणी आएको हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “रूसले कुनै न कुनै रूपमा सैन्य पूर्वाधारसँग सम्बन्धित वस्तुहरूमाथि मात्र आक्रमण गर्छ ।”

उनले भने, “रूसी सङ्घले नागरिक पूर्वाधारमा आक्रमण गर्दैन ।”

युक्रेन प्रहरीले रेष्टुरेन्टमा पाहुनाको व्यस्तता रहेको समय आक्रमण भएका कारण १० जनाको मृत्यु भएको र ६१ जना घाइते भएको जनाएको छ ।

युक्रेनी आपतकालिन सेवाका अनुसार मृत्यु हुनेमा तीन जना बालबालिका रहेका छन् ।

घाइतेमध्ये सन् २०२२ मा जन्मिएको एक शिशु पनि रहेको र केही मानिस अझै भग्नावशेषमुनि रहेको हुनसक्ने बताइएको छ ।

रूसी रक्षा मन्त्रालयले बुधबार यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै युक्रेनको ५६ औँ ब्रिगेडका वरिष्ठ कमाण्ड स्टाफको ‘अस्थायी तैनाथी बिन्दु’मा आक्रमण गरेको जनाएको छ ।

आक्रमणको केही समयपछि घटनास्थलमा पुगेका एएफपीका एक पत्रकारले रेष्टुरेन्टमा भग्नावशेष देखेपछि उद्धारकर्मीहरू भग्नावशेष हटाउन र शवहरूको खोजी गर्न दौडिरहेका थिए ।

रूसले युक्रेनमा आफ्नो १६ महिना लामो युद्धका क्रममा नागरिक संरचनामा आक्रमण गरेको आरोप अस्वीकार गर्दै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रित

एजेन्सी । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

Techie IT