Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियम्यानमारको एक गाउँमा सेनाद्वारा हवाई आक्रमण

म्यानमारको एक गाउँमा सेनाद्वारा हवाई आक्रमण


एजेन्सी । म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई आक्रमणमा परी १० सर्वसाधारणको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय र सञ्चारमाध्यमले बुधबार बताएका छन् ।

म्यान्मारमा सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि युद्धले ठूलो क्षति पु¥याएको छ भने जुन्ताले जातीय विद्रोही र दर्जनौँ नयाँ ’पिपुल्स डिफेन्स फोर्सेज’सँग लडिरहेको छ ।

अधिकारवादी समूहहरूले सेनामाथि गैरन्यायिक हत्या गरेको, गाउँहरू ध्वस्त पारेको र हवाई आक्रमणलाई आफ्ना विरोधीहरूको सामूहिक सजायको रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।

उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा मङ्गलबार अपराह्न एक सैनिक विमानले तीनवटा बम खसालेको उक्त गाउँका विद्रोही लडाकू को जाउ तुनले जानकारी दिए ।

उनले सेनाको आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको र आठ जना घाइते भएको बताउनुभयो ।

“त्यहाँ कुनै झगडा भएको थिएन, तर उनीहरू गाउँमा बम विस्फोट गर्न आएका थिए,” उहाँले एएफपीसँग भने ।

आक्रमणमा ११ घर ध्वस्त भएका स्थानीयले बताएका छन् ।

न्याउङ कोनका एक बासिन्दाले एएफपीलाई बताएअनुसार आक्रमणमा १० जनाको मृत्यु भएको छ ।

उनले र अन्य स्थानीयले सोही साँझ मृतकको अन्त्येष्टि गरिएको बताउँदै सेनाले प्रतिशोध लिने डरले समाचारमा आफ्नो नाम प्रयोग नगर्न आग्रह गरे ।

उनले भने,“सेनाको नयाँ अबको योजना के हो हामीलाई थाहा छैन । त्यसैले हामीले जतिसक्दो चाँडो उनीहरूको अन्त्येष्टि गर्यौं,” उनले भने ।

बिबिसी बर्मेली र अन्य स्थानीय सञ्चारमाध्यमले पनि हवाई आक्रमणभएको जानकारी दिएका छन् भने केही सञ्चारमाध्यमले नौ जनाको मृत्यु भएको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा मानिसहरूले भग्नावशेष र भग्नावशेषमा रहेको एउटा ठूलो भवनको आगो निभाउने काम गरिरहेको देखिएको छ ।

एएफपीका डिजिटल भेरिफिकेसन रिपोर्टरहरूले ती तस्बिरहरू मङ्गलबारसम्म अनलाइनमा नआएको पुष्टि गरेका छन् ।

‘कू’ सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि सेनाले आफ्नो शासनको प्रतिरोधलाई दबाउने कठिन लडाइ गरिरहेको छ ।

विशेषज्ञहरू भन्छन्, “जमीनमा तीव्र विरोधको सामना भएपछि सेनाले गोलावारूद आक्रमण र हवाई शक्तिको सहारा लिइरहेको छ ।”

संयुक्त राष्ट्रसङ्घले गत वर्ष सेनाले ३०० भन्दा बढी हवाई आक्रमण गरेको बताएको थियो ।

सागाइङ जुन्टा विरोधी प्रतिरोधको हटस्पटको रूपमा देखा परेको छ ।

गत अप्रिलमा सेनाले सागाइङमा भएको एक भेलामा बम प्रहार गरेको थियो जसमा मिडिया र स्थानीयले करिब १७० जनाको ज्यान गएको बताएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT