Techie IT
२०८२ वैशाख २३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियप्रिगोजिनले रूसी सेनापतिलाई कब्जा गर्ने योजना थियोः वाल स्ट्रिट जर्नल

प्रिगोजिनले रूसी सेनापतिलाई कब्जा गर्ने योजना थियोः वाल स्ट्रिट जर्नल


एजेन्सी । वाग्नरका सेना प्रमुख येभगेनी प्रिगोजिनले गत हप्ता भएको विद्रोहमा रूसी सेनाका प्रमुखलाई कब्जा गर्ने लक्ष्य राखेका थिए, तर उनीहरूले उनको योजनाबद्ध विद्रोहलाई प्रारम्भिक चरणमा नै थाहा पाई कब्जाबाट जोगिएको अमेरिकी व्यापारिक केन्द्र न्यूयोर्क शहरबाट प्रकाशित अन्तर्राष्ट्रिय दैनिक पत्रिका वाल स्ट्रिट जर्नलले बुधबार जनाएको छ ।

जर्नलले पश्चिमी अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ,“प्रिगोजिनले रूसी रक्षामन्त्री सर्गेई शोइगु र चिफ अफ स्टाफ जनरल भ्यालेरी गेरासिमोभलाई दक्षिणको भ्रमणमा रहेका बेला कब्जामा लिन खोजेका थिए ।”

तर रूसी घरेलु गुप्तचर सुरक्षा सेवा (एफएसबी)ले उक्त योजनाबारे थाहा पाएपछि शोइगु र गेरासिमोभले आफ्नो यात्रा परिवर्तन गरेको नाम उल्लेख नगरिकन अधिकारीलाई उद्धृत गर्दै जर्नलले उल्लेख गरेको छ ।

यसले प्रिगोजिनलाई चाँडै विदेशी भूमिमा पलायन हुनु बाध्य बनायो । शुक्रबार उनको वाग्नर सेनाले रोस्तोभ–अन–डोनमा रूसी दक्षिणी सैन्य जिल्लाको मुख्यालयलाई नियन्त्रणमा लिएको थियो । यो युक्रेनमा युद्धको लागि बन्दोबस्ती र सैन्य सामग्री आपूर्तिका लागि एक प्रमुख केन्द्र हो ।

अमेरिकी अधिकारीहरूले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, “ प्रिगोजिनले आफ्नो निजी सेनाको एक टुकडी मस्कोतर्फ पठाएको दावी गरेका थिए ।

योजनावद्ध विद्रोहको योजनाबारे रूसी अधिकारीले केही दिन पहिल्यै थाहा पाएका थिए ।”

नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले वरिष्ठ रूसी जनरल सर्गेइ सुरोभिकिनलाई प्रिगोजिनको विद्रोहको योजनाबारे पहिल्यै थाहा भएको उल्लेख गरेको छ ।

वाग्नर समूहको विद्रोहको सार्वजनिक घोषणासँगै रूसी राष्ट्रपति पुटिनले युक्रेनविरूद्ध लड्दै आएको उक्त समूहलाई तत्काल ‘गद्दार’ को संज्ञा दिएका थिए ।

उच्च सैन्य अधिकारीहरूको अग्रिम ज्ञानले विद्रोहलाई असफल पार्न योगदान गरेका प्रिगोजिन र वाग्नरका सम्भावित सहयोगीहरूलाई विद्रोहमा सामेल हुनबाट रोक्न सक्थ्यो ।

रूसी नेसनल गार्डका कमाण्डर भिक्टर जोलोतोभले मङ्गलबार वाग्नरबाट विद्रोहका बारेमा जानकारी आएको र यसका पछाडि पश्चिमा एजेन्टको हात रहेको हुन सक्ने बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत

एजेन्सी । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । एक सरकारी अधिकारीका अनुसार यो योजना

चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव

एजेन्सी । अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएन

एजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी

इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइते

एजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

Techie IT