Techie IT
२०८१ वैशाख २८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियचीनसँगको सम्बन्ध अतुलनीय छः न्युजिल्याण्डका प्रधानमन्त्री

चीनसँगको सम्बन्ध अतुलनीय छः न्युजिल्याण्डका प्रधानमन्त्री


बेइजिङः चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि अतुलनीय रूपमा महत्त्वपूर्ण रहेको न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले बताएका छन्। चीन भ्रमणमा रहनु भएका क्रिसले बेइजिङमा आयोजित कार्यक्रममा बुधबार दुई देशबीच निकै रचनात्मक र सकारात्मक सम्बन्ध रहेको उनले बताएका छन्।

सिन्ह्वाले सोधेको प्रश्नको उत्तर दिदै ‘न्युजिल्यान्ड र चीन सम्बन्ध न्युजिल्यान्डका लागि अविश्वसनीय रूपमा महत्त्वपूर्ण’ रहेको धारणा राखेका छन्। ‘हाम्रो सम्बन्धलाई हामीसँग सम्झौता भएका क्षेत्रहरू र हाम्रा साझा चासोहरूद्वारा व्यापकरूपमा परिभाषित गर्न सकिन्छ,’ उनले भने। कोभिड– १९ को महामारीबाट बाहिर निस्किँदै न्युजिल्यान्डले चीनसँग आर्थिक गतिविधि पुनः स्थापना गर्नु प्राथमिकतामा रहेको हिपकिन्सले बताउँनु भएको छ। प्रधानमन्त्री हिपकिन्सले भने– चीन पहिले देखिनै न्युजिल्याण्डको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएकाले द्विपक्षीय व्यापारलाई अझ विस्तार गर्ने आशा राखेको छ।

चीनसँगको व्यापारको दायरा विस्तार गर्ने सम्भावनाको बारेमा उत्साहित हुँदै उनले भने ‘द्विपक्षीय शिक्षा सम्बन्ध धेरै राम्रो रहेको र दुई देशबीचको शिक्षा सहयोगलाई थप बढावा दिन तत्पर रहनुपर्छ जसबाट दुवै देश लाभान्वित हुन सकून्।’

‘हामी विश्वमा उत्कृष्ट पर्यटकीय अनुभवहरू प्रदान गर्दछौं। हामीसँग सुन्दर देश छ र हामी विश्वभरका मानिसहरूसँग साझेदारी गर्न चाहान्छौं,ू हिपकिन्सले भने, ‘चिनियाँ पर्यटकहरूको सङ्ख्या देखेर हामी धेरै उत्साहित छौं। यो सङ्ख्या निरन्तर बढ्दै गएको छ।’

प्रधानमन्त्री हिपकिन्स जुन २५ देखि ३० सम्म चीनको भ्रमणमा छन्। यस अवधिमा उनले उत्तरी चीनको बन्दरगाह शहर टियाङ्जिनमा समर डाभोस फोरम भनेर चिनिने नयाँ च्याम्पियनहरूको १४ औं वार्षिक बैठकमा भाग लिदै छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान

ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता

काठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् ।

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

काठमाडाैँ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

Techie IT