Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियवाग्नर प्रमुख पैसाको लागि ‘रेलको लिकबाट बाहिरिएको’ रूसी दावी

वाग्नर प्रमुख पैसाको लागि ‘रेलको लिकबाट बाहिरिएको’ रूसी दावी


एजेन्सी । वाग्नरको संक्षिप्त विद्रोहपछि मस्कोको नयाँ आख्यानले आकार लिइरहेका बेला एक शीर्ष रूसी प्रचारकले आइतबार वाग्नरका मालिकले अर्बौं सार्वजनिक कोष प्राप्त गरेपछि ‘रेलको लिकबाट बाहिरिएको’ आरोप लगाएका छन् ।

गत हप्ता वाग्नर भाडाका सैनिक समूहका प्रमुख येभगेनी प्रिगोजिनले रूसका उच्च सैन्य अधिकारीहरूविरुद्ध अल्पकालीन विद्रोहमा आफ्नो सेनाको नेतृत्व गरेका थिए ।

रूसी प्रोपोगान्डा कार्यक्रमका मुख्य अनुहार मध्येका एक दिमित्री किसेलेभले आइतबार आफ्नो साप्ताहिक टेलिभिजन कार्यक्रममा भने, “प्रिगोजिन ठूलो पैसाका कारण रेलबाट बाहिरिएका छन् । उनले रक्षा मन्त्रालय, राज्य स्वयं र राष्ट्रपतिलाई व्यक्तिगत रुपमा चुनौती दिन सक्ने ठानेका थिए । नसकेपछि उनी बाहिरिएका छन् ।”

किसिलेभले भने, “सिरिया र अफ्रिकामा वाग्नरको अभियानले प्रिगोजिनलाई दण्डहीनताको भावना दिएको थियो र पछि पूर्वी युक्रेनमा उनको भूमिकालाई उनको सेनाको युद्धभूमि सफलताले बलियो बनायो ।

किसिलेभले वाग्नेरले राज्यकोषबाट ८५८ अर्ब रुबल (९.७ अर्ब अमेरिकी डलर) भन्दा बढी रकम प्राप्त गरेको दावी गरे । यद्यपि यसलाई पुष्टि गर्ने बलियो तर्क भने उनले पेश गरेनन् ।

यसै साताको सुरुमा राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक रूसी अधिकारीहरूले अर्धसैनिक संगठनलाई ‘पूर्ण रूपमा’ आर्थिक सहयोग गरेको बताएका थिए ।

मे २०२२ देखि मे २०२३ को बीचमा वाग्नरले रूसी राज्यबाट ८६ अर्ब रूबलभन्दा बढी रकम प्राप्त गरेको पुटिनले बताएका छन् ।

रूसी कानुनले निजी भाडाका समूहलाई प्रतिबन्धित गरेको छ ।

वासिङ्टन र ब्रसेल्सको प्रतिबन्धका कारण प्रिगोजिनले वर्षौंदेखि छायाँमा काम गर्दै आएका थिए तर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा सेना पठाएपछि उनी चर्चामा आएका थिए ।

उनले रूसी सेनाले पूर्वी युक्रेनको वाग्नरबाट प्राप्त विजय ‘चोर्न’ खोजेको आरोप लगाउँदै मस्कोको ‘कर्मचारीतन्त्र’को आलोचना गरेका थिए ।

प्रिगोजिनलाई जेलबाट लडाकु भर्ती गर्न अनुमति दिइएको थियो र मार्चमा, रूसी संसदले वाग्नर जस्ता ‘स्वयंसेवी समूहहरू’ को आलोचना गर्नेहरूका लागि लामो जेल सजाय लागू गर्ने कानून पारित गरको थियो ।

धेरै राजनीतिक पर्यवेक्षकहरूले प्रिगोजिनको विद्रोहको प्रयासलाई पुटिनको सत्तामा पकड कमजोर हुँदै गएको सङ्केतको रूपमा हेरेका छन् । तर मस्कोका अधिकारी र प्रचारकहरूले भने रूसीहरू पुटिनको पक्षमा उभिएको दाबी गरेका छन् ।

रूसको संसदको तल्लो सदनका सभामुख व्याचेस्लाभ भोलोडिनले आइतबार लेखेका छन्, “पुटिन ‘यो अत्यन्त कठिन परिस्थिति’बाट अझ सशक्त रुपमा बाहिर निस्केका छन् ।”
भोलोडिनले सामाजिक सञ्जाल टेलिग्राममा लेखेका छन्, “उनले रक्तपात रोक्नका लागि सबै प्रयास गरे ।”

उनले भने, “यदि सन् १९१७ र १९९१ मा पुटिनजस्ता व्यक्ति राज्यको बागडोर सम्हालेको भए त्यहाँ कुनै क्रान्ति हुने थिएन र सोभियत संघको पतन हुने थिएन ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

Techie IT